२०८२, १५ माघ बिहीबार

प्रदेश नं २ का मुख्यमन्त्रीको कार्यालय घेराउ

प्रदेश नं २ का मुख्यमन्त्रीको कार्यालय घेराउ


महेन्द्रनगर, धनुषा, ४ भदौ : सामाजिक परिचालकहरुले प्रदेश नं २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । गत असारदेखि कामबाट निकालिएका सामाजिक परिचालकहरुले दुईबुँदे मागसहित आज दुई घण्टा मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गरेका हुन् ।

नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई तत्काललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्नेसहितको दुईबुँदे माग राख्दै सामाजिक परिचालकहरु एक सातादेखि आन्दोलनमा उत्रेका छन् । उनीहरुले जनकपुरको पिडारीचोकबाट जुलुस प्रदर्शन गर्दै प्रदेश नं २ सरकारको कार्यालयअगाडि मूलगेटमै पुगेर दुई घण्टा घेराउ गरेका थिए ।

गत साउन २६ गते जनकपुरमा पत्रकार सम्मेलन गरी नेपाल सामाजिक परिचालक कर्मचारी सङ्घ प्रदेश नं २ ले आफ्नो मागप्रति प्रदेश सरकार र सङ्घीय सरकार उदासीन रहेको भन्दै सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । गत असारमा कामबाट निकालिएका प्रदेश २ का ८५४ सामाजिक परिचालक पुनःबहालीको माग गर्दै साउन २७ गतेदेखि आन्दोनल गर्नुपरेको सामाजिक परिचालक सङ्घ प्रदेश २ का अध्यक्ष शिवशङ्कर मेहताले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ७ : ४९ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम