२०८२, १० कार्तिक आईतबार

भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !

भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !


काठमाडौं, भदौ ४ : नावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् ।

साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कँडेल खाजा खाँदै पत्रकारसँग गफिइरहेका थिए । केही समय बसेर उनी आफ्नो कार्यालयतिर लागे । कँडेलमात्र हैन, नेकपाका धेरै नेता, शुभेच्छुक दिउँसोतिर त्यही क्यान्टिनमा भेटिन्छन् ।

कांग्रेस र नेकपाको संसदीय दलको कार्यालयमा एक मिनेटको पनि दूरी छैन । वल्लो–पल्लो भवन हो । छिमेकी भएर बसेका छन् । नेताहरू प्रायः एउटै क्यान्टिनमा भेटिन्छन् । खाजा खाँदै एकअर्कासँग बसेर गफिइरहन्छन् ।

दुई ठूला दललाई दर्बिलो गरी जोडेको छ यो क्यान्टिनले । डोटीबाट निर्वाचित नेकपाका सांसद प्रेम आलेमगर सिंहदरबार गएका बेला कांग्रेस संसदीय दलको क्यान्टिनमा प्रायः छिर्ने गर्छन् । खाजा खान यो क्यान्टिन उपयुक्त लाग्छ, उनलाई । ‘धेरै थरीका परिकार पकाइएका हुन्छन्, रोजेर खान पाइन्छ’, उनले भने, ‘मचाहिँ प्रायः फापरको रोटी र मकै खान्छु । यसले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।’, आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ७ : ४० बजे

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम