२०८२, १० कार्तिक आईतबार

अन्ततः नेकपा काभ्रेको अध्यक्षमा पूर्वराज्य मन्त्री लालध्वज सिफासिर

अन्ततः नेकपा काभ्रेको अध्यक्षमा पूर्वराज्य मन्त्री लालध्वज सिफासिर


धुलिखेल: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटीको अगामी अध्यक्षमा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) को नाम सिफारिस भएको छ ।
पार्टी एकतापछि अध्यक्ष सहित जिल्ला कार्यसमिति गठनका लागि आइतबार बसेको नेकपाको प्रदेश कमिटी बैठकले लालध्वजको नाम अध्यक्षमा सर्वसम्मत सिफारिस गरेको स्रोतले बतायो । तत्कालिन माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका नेता लालध्वज माओवादी केन्द्रका निवर्तमान जिल्ला इन्चार्ज समेत हुन् ।

नेकपाको प्रदेश कमिटी बैठकले काभ्रेको सचिवमा नारायण पाण्डेको नाम सिफारिस गरेको छ । उनी तत्कालिन एमाले जिल्ला पार्टी सचिव समेत थिए । लालध्वज र पाण्डे दुबै तेमाल गाउँपालिकाका हुन् । कम्युनिष्ट आन्दोलनमा यी दुई नेताको भूमिका महत्वपूर्ण रहदैँ आएको छ । जिल्ला कमिटिका अध्यक्ष र सचिवको नाम खुलाएपनि अन्य पदाधिकारी र सदस्यहरुको भने प्रदेश कमिटिले गोप्य राखेको छ ।

को हुन् लालध्वज
२०२७ साल बैशाख १ गते हालको तेमाल गाउँपालिका वडा नं. ९ मेच्छेमा आमा माइली तमाङ र बुबा इमानसिं तामाङबाट सूर्यमान दोङ ‘लालध्वज’ को जन्म भएको थियो । उनी निम्न वर्गीय किसान परिवारमा जन्मिएका हुन् ।

राजनीतिमा सहभागी हुँदा कम्युृनिस्ट नै भएर सहभागी भएका थिएनन् । पञ्चायतको ठूलो दवदवा भएको अवस्थामा सामान्त र हुनेखानेहरुको चलखेल व्यापक थियो । सामान्तीहरुले गाउँका गरिब किसानलाई सताउँथे । काममा दलाउँथे । घर पोत्न लगाउने, जाँतोमा मकै पिन्नु पर्ने, मल बोक्नुपर्ने, सबै काम गर्नुपथ्र्यो । त्यतिबेला सामन्तको विरुद्धमा गाउँकै चलाखसिं दोङहरुसँगै उनी पनि मोटो मसालमा आबद्ध भएका थिए ।

प्रचण्ड नेतृत्वमा रहेको स्थानीय माओवादी नेताहरु रंगवीर, चलाखसिंहरुसँगै मोटो मसालमा होमिएका उनी थाङ्का मजदुरमा संगठित भएका थिए । त्यो बेला उनले भक्तपुर, ललितपुरको थाङ्का इकाईको सदस्य भएर काम गरे । ०४८ मा आएर पार्टी एकता मशाल, चौथो महाधिवेशन र सर्वहारा श्रमिक संगठनको एकतापछि एकताकेन्द्र बनेको पार्टीमा संगठित भएका थिए ।

युवा लिग काभ्रेको सदस्य, सामाजिक संगठनको रुपमा नेपाल तामाङ घेदुङ संघको जिल्ला सदस्य हुदँै विद्यालय स्थापना गर्न भूमिका निर्वाह गरेका उनले गाउँमा मशाल प्राविको समेत स्थापना गरेको थिए । जुन अहिले पछि सञ्चालनमा रहेको छ । ०५१ को फागुनबाट पूर्णकालिन भएका उनले जनयुद्धको शुरुवातीतिर पूर्वाञ्चल हेडक्वाटरको कार्यालय सदस्यको जिम्मेवारी सम्हालेर काम गरेको थिए ।

नेपालको पहिलो फौजी कार्वाही भएको वेथान चौकी रेडमा समेत उनी प्रत्यक्ष सहभागि भएका थिए । त्यही बेलादेखि जिल्ला पार्टी कमिटि सदस्य भएर पार्टीमा काम गरेका उनले जिल्ला सेक्रेटरी, जनमुक्ति सेनाको कमिसार, जिल्ला इन्चार्ज हुँदै पहिलो संविधान सभाको निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फबाट अत्याधिक लोकप्रिय मतका साथ विजयी भएका थिए । उनी सभासद भएकै बेला उर्जा राज्यमन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ११ : ३३ बजे

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम