२०८३, ३ आश्विन आईतबार

‘अनुगमन तीव्र पारिन्छ’ – गृहमन्त्री थापा

‘अनुगमन तीव्र पारिन्छ’ – गृहमन्त्री थापा


काठमाडौँ, ३ भदौ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयअन्तर्गतका निकायको अनुगमन तीव्र पारिने बताउनुभएको छ । आज गृहमन्त्रालयमा बसेको आव २०७४÷७५ को वार्षिक समीक्षा तथा मन्त्रीस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले अनुगमनमाथि अनुगमन हुने गरी यसको दायरासमेत विस्तार गरिने बताउनुभयो । उहाँले कर्मचारी र सुरक्षा निकायमा आफ्नो कामप्रति सङ्कल्प र प्रतिबद्धता बढाउँदै लगी परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आफूले चलाउने कम्प्युटर धुलाम्मे हुँदासमेत कम्प्युटरको धुँलो नपुछी काम गर्नेले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन ।”

कार्यसम्पादनलाई सफल पार्ने गरी निरन्तर नीति तथा योजना बनाउन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सधैँ विभिन्न निकायबीच समन्वयको खाँचो रहेको भन्दै कार्यपत्र आउने गरेको छ । अब त्यस्तो गुनासो नसुनाउने गरी सम्बन्धित निकायबीच समन्वय गर्न निरन्तर बैठक बस्नुहोस् ।” कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनका लागि प्रतिबद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

गृहसचिव पे्रमकुमार राईले परिणाम निष्कने गरी काम गर्न इच्छाशक्तिको विकास गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो । बैठकमा गृहमन्त्रालयअन्तर्गतको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलगायतले आफ्ना निकायको गत आवको बजेट तथा कार्यक्रमको अवस्था र आगामी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ५८ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका