२०८३, २५ आश्विन सोमबार

प्रदेश सरकारको काम सन्तोषजनक छैन : राज्यमन्त्री झा

प्रदेश सरकारको काम सन्तोषजनक छैन : राज्यमन्त्री झा


पर्सा, ३ भदौ: प्रदेश नं २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले प्रदेश सरकारको हालसम्मका काम कारवाही सन्तोषजनक नरहेको बताउनुभएको छ । उहाँले आउने दिनमा बढी जनमुखी भई प्रदेश सरकारले कार्यसम्पादन गर्ने प्रष्ट पार्नुभयो ।

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आज वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री झाले मधेश आन्दोलनका शहीदलाई सम्मान र घाइतेको व्यस्थापनमा प्रदेश सरकार चुकेको टिप्पणी गर्दै आगामी दिनमा यसतर्फ पहल गरिनेछ भन्नुभयो ।

स्थानीय तहमा भएको अत्यधिक कर वृद्धिले सङ्घीयतालाई कमजोर बनाएको धारणा व्यक्त गर्दै उहाँले हाल देखिएको कर वृद्धिलाई नियन्त्रण गरी सङ्घीयतालाई बलियो र दीर्घजीवी बनाउनेतर्फ प्रदेश सरकार प्रयत्नशील रहेको जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा राज्यमन्त्री झाले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र दर्ता दुई÷चार दिनभित्र हुने बताउनुभयो ।

राजपा पर्साका उपाध्यक्ष डा अनुज यादवको अध्यक्षतामा सम्पन्न भएको भेटघाट कार्यक्रममा प्रदेश नं २ को प्रदेशसभा सदस्य डा अञ्जु यादव, राजपाका महासचिव शिवप्रसाद पटेल, राजेशमान सिंह, केन्द्रीय सदस्य निजामुदिन समानी, जिल्ला संयोजक प्रेमबाबु पटेललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : ३१ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका