२०८२, १६ माघ शुक्रबार

प्रदेश सरकारको काम सन्तोषजनक छैन : राज्यमन्त्री झा

प्रदेश सरकारको काम सन्तोषजनक छैन : राज्यमन्त्री झा


पर्सा, ३ भदौ: प्रदेश नं २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले प्रदेश सरकारको हालसम्मका काम कारवाही सन्तोषजनक नरहेको बताउनुभएको छ । उहाँले आउने दिनमा बढी जनमुखी भई प्रदेश सरकारले कार्यसम्पादन गर्ने प्रष्ट पार्नुभयो ।

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आज वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री झाले मधेश आन्दोलनका शहीदलाई सम्मान र घाइतेको व्यस्थापनमा प्रदेश सरकार चुकेको टिप्पणी गर्दै आगामी दिनमा यसतर्फ पहल गरिनेछ भन्नुभयो ।

स्थानीय तहमा भएको अत्यधिक कर वृद्धिले सङ्घीयतालाई कमजोर बनाएको धारणा व्यक्त गर्दै उहाँले हाल देखिएको कर वृद्धिलाई नियन्त्रण गरी सङ्घीयतालाई बलियो र दीर्घजीवी बनाउनेतर्फ प्रदेश सरकार प्रयत्नशील रहेको जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा राज्यमन्त्री झाले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र दर्ता दुई÷चार दिनभित्र हुने बताउनुभयो ।

राजपा पर्साका उपाध्यक्ष डा अनुज यादवको अध्यक्षतामा सम्पन्न भएको भेटघाट कार्यक्रममा प्रदेश नं २ को प्रदेशसभा सदस्य डा अञ्जु यादव, राजपाका महासचिव शिवप्रसाद पटेल, राजेशमान सिंह, केन्द्रीय सदस्य निजामुदिन समानी, जिल्ला संयोजक प्रेमबाबु पटेललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : ३१ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम