२०८३, २५ आश्विन सोमबार

कर्णालीमा प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुबीच तीव्र प्रतिस्पर्धा

कर्णालीमा प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुबीच तीव्र प्रतिस्पर्धा


सुर्खेत, ३ भदौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुबीच तीव्र प्रतिस्पर्धा चलेको छ । पार्टी एकीकरणको लामो समयपछि प्रदेश तथा जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रीय समितिले पहल गर्न थालेपछि हानथाप चलेको छ । कर्णाली प्रदेश र यहाँ रहेका १० वटै जिल्ला समितिको संख्या र नाम टुङ्गो लगाएपछि नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा छ । कार्यकारी भूमिकामा रहेका नेताबाहेकले मात्र जिल्लाको नेतृत्व लिनसक्नेछन् ।

प्रदेशमा पूर्वएमालेको भागमा सुर्खेत, दैलेख, जुम्ला र डोल्पा तथा पूर्वमाओवादी केन्द्रका भागमा सल्यान, रुकुम, जाजरकोट र हुम्ला जिल्ला पर्ने सहमति भएको कार्यदल सदस्य तथा पूर्वमाओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कालीकोट र मुगु जिल्ला कसको भागमा पर्ने भन्ने टुङ्गिन सकेको छैन ।

पार्टीले कर्णाली प्रदेशको जिल्लाको नेतृत्व मिलाउन पूर्वएमालेका तर्फवाट युवराज ज्ञवाली र यामलाल कँडेल तथा पूर्वमाओवादी केन्द्रका तर्फवाट जनार्दन शर्मा र मायाप्रसादलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : १६ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका