२०८२, १५ माघ बिहीबार

कर्णालीमा प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुबीच तीव्र प्रतिस्पर्धा

कर्णालीमा प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुबीच तीव्र प्रतिस्पर्धा


सुर्खेत, ३ भदौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुबीच तीव्र प्रतिस्पर्धा चलेको छ । पार्टी एकीकरणको लामो समयपछि प्रदेश तथा जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रीय समितिले पहल गर्न थालेपछि हानथाप चलेको छ । कर्णाली प्रदेश र यहाँ रहेका १० वटै जिल्ला समितिको संख्या र नाम टुङ्गो लगाएपछि नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा छ । कार्यकारी भूमिकामा रहेका नेताबाहेकले मात्र जिल्लाको नेतृत्व लिनसक्नेछन् ।

प्रदेशमा पूर्वएमालेको भागमा सुर्खेत, दैलेख, जुम्ला र डोल्पा तथा पूर्वमाओवादी केन्द्रका भागमा सल्यान, रुकुम, जाजरकोट र हुम्ला जिल्ला पर्ने सहमति भएको कार्यदल सदस्य तथा पूर्वमाओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कालीकोट र मुगु जिल्ला कसको भागमा पर्ने भन्ने टुङ्गिन सकेको छैन ।

पार्टीले कर्णाली प्रदेशको जिल्लाको नेतृत्व मिलाउन पूर्वएमालेका तर्फवाट युवराज ज्ञवाली र यामलाल कँडेल तथा पूर्वमाओवादी केन्द्रका तर्फवाट जनार्दन शर्मा र मायाप्रसादलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : १६ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम