२०८२, ११ पुस शुक्रबार

प्रदेश ३ को राजधानीका लागि पाँच जिल्ला मध्ये काभ्रेलाई छनौट गर्ने तयारी (तस्वीरमा काभ्रे जिल्ला हेर्नुहोस)

प्रदेश ३ को राजधानीका लागि पाँच जिल्ला मध्ये काभ्रेलाई छनौट गर्ने तयारी (तस्वीरमा काभ्रे जिल्ला हेर्नुहोस)


काठमाडौँ, ३ भदौ : प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो ।

प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई दृष्टिगत गरी समितिले ती १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने ठहर गरेको संयोजक निरौलाले जानकारी दिनुभयो ।

सम्बन्धित जिल्लाका विभिन्न राजनीतिक दल तथा नेताले राजधानी आ–आफ्नो जिल्लामा बनाउन प्रयत्न गरिरहेका छन् । असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन उक्त सभालाई बुझाइएको समिति सदस्य बसन्त मानन्धरले बताउनुभयो ।

संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने कार्य प्रदेशसभाको भनिए पनि नाम तोक्ने विषयमा उच्च अदालतमा मुद्दा परेका कारण छलफलको प्रक्रिया अगाडि बढ्न नसकेको समितिले जनाएको छ ।

भक्तपुर

काठमाडौँको पूर्वी भागमा पर्ने भक्तपुरलाई भादगाउँ र ख्वःप समेत भनिन्छ । देशकै सबैभन्दा सानो जिल्लाका रुपमा परिचय बोकेको भक्तपुर करीब २०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । भादगाउँले टोपी र जुजु धौ ९स्थानीय दही० को उत्पादनका लागि लोकप्रिय भक्तपुरमा नेवार, बाहुन, क्षेत्री र तामाङको बसोबास पाइन्छ । भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा छ ।

काभे्रपलाञ्चोक

करीब एक हजार ४०० वर्ग किमी क्षेत्रफल रहेको पहाडी भूभागको काभ्रेपलान्चोकमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका छन् । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, दाप्चा, नाल्दुम, चौकोटजस्ता बजार रहेका त्यहाँ पुरातात्विक महत्वका केही सम्पदास्थल पनि छन् । औद्योगिक महत्वका दृष्टिकोणले करिडोर स्थापनाका लागि अध्ययन भइरहेको काभे्रपलाञ्चोकको सदुरमुकाम धुलिखेल करीब २१ किमी पूर्वमा पर्छ ।

नुवाकोट

काठमाडौँको उत्तर, पश्चिममा पर्ने पहाडी प्रदेश नुवाकोटमा उच्च पहाडी क्षेत्र तथा यत्रतत्र छरिएका समथर बेँशी र टारी खेत छन् । हिमाली क्षेत्र नजिक भौगोलिक विविधता रहेको नुवाकोटमा बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिका छ । उक्त जिल्लाको क्षेत्रफल एक हजार १२१ वर्ग किमी छ । तामाङ, नेवार, क्षेत्री, ब्राह्मण, मगर र दलित समुदायको बसोबास नुवाकोटमा नेपाली, तामाङ, नेवारी, मगर र शेर्पा भाषा प्रचलनमा छ ।

मकवानपुर

मुलुकको तेस्रो ठूलो औद्योगिक जिल्लाका रूपमा लिइएको मकवानपुरको क्षेत्रफल दुई हजार ४२६ वर्ग किमी छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । मानव निर्मित ताल इन्द्रसरोवर, चिसापानीगढी र शहीद स्मारक यहाँको पर्यटकीयस्थलका रुपमा महत्वपूर्ण छ । उत्तरतर्फ करीब ६६ किमी लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करीब ९२ किमी लामो चुरे पर्वतको काखमा रहेको मकवानपुर अहिले प्रदेश ३ को अस्थायी मुकामसमेत हो ।

हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भएको यस क्षेत्रबाट तराई र पहाड दुबै नजिक पर्छन् । ब्राहम्ण, क्षेत्री, तामाङ, राई, नेवारको बसोबास पाइने मकवानपुरमा नेपाली, तामाङ, राई, मगर भाषा प्रचलित छन् । देशको पूर्व तथा पश्चिम भागलाई जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग यो जिल्ला पार भएर जान्छ ।

 ( तस्वीरमा काभ्रे जिल्ला हेर्नुहोस )

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ५ : ४५ बजे

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने