२०८२, १६ माघ शुक्रबार

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन, शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन, शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप


बलात्कारीलाई फाँसीको माग गर्दै काठमाडौको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। शनिबार महिला अधिकारकर्मीहरु कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनबाट ५ महिला, एक पुरुष र एक जना तेस्रो लिङ्गीलाई समेत प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको थियो । उनिहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर, भन्ने ब्यानर सहित माइतीघर मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका थिए । मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारबाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन्। शान्तिपूर्णरुपमा प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेका थिए ।

विशेष गरेर नयाँ पुस्ताका युवायुवतीहरूले सामाजिक सञ्जालमार्फत् नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रदर्शन गर्नेलाई पनि कानूनी कारबाही हुने व्यवस्था छ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : ३४ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम