२०८२, १५ माघ बिहीबार

वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ: मुख्यमन्त्री पौडेल

वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ: मुख्यमन्त्री पौडेल


काठमाडौँ, २ भदौ: प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनतालाई प्रत्यक्ष अनुभूती हुने गरी यो प्रदेशलाई समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ, यो हाम्रो सङ्कल्प हो, यसलाई पूरा गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”

मुख्यमन्त्री पौडेलले पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जगमा हामी अहिले उभिरहेका छौँ भन्दै मदन भण्डारीको सिद्धान्तलाई जीवन्त बनाउन सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि ठहरिने बताउनुभयो । मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सीता पौडेलले नेपाल कम्युनिष्ट पार्टीभित्र बहुदलीय जनवादलाई आत्मसात् गर्दै आएका र जनताको बहुदलीय जनवादको नाम नै सुन्न नचाहने दुई फरक धार भएका नेकपा एमाले र माओवादीबीच एकता भएको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले जनताको चाहना र अपेक्षा पूरा गर्ने बताउनुभयो ।

नेकपाका नेता डा राजन भट्टराई तथा देवराज घिमिरेले नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीले प्रजातान्त्रिकीकरण गरेको धारणा व्यक्त गर्नुभयो ।  सभापतिको आसनबाट मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष गुरु बरालको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : २५ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम