२०८२, २ चैत्र मंगलबार

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन


संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ ।८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ ।विश्वकै उच्च तहको कूटनीतिज्ञकारुपमा काम गर्ने उनी पहिलो अश्वेत नागरिक थिए ।

राष्ट्रसंघको महासचिवकारुपमा उनले सन् १९९७ देखि सन् २००६ सम्म काम गरेका थिए ।त्यसपछि पनि उनले राष्ट्रसंघको विशेषदूतकारुपमा सिरियाको गृहयुद्ध शान्तिपूर्णरुपमा समाधान गर्न भूमिका निभाएका थिए ।

गरिबी र शिशु मृत्युदर घटाउनेलगायतका विषयलाई लक्षित गरी पहिलोपटक तयार पारिएको सहश्राब्दी विकास लक्ष्यलाई उनले आफ्नो कूटनीतिक भूमिकामा ठूलो उपलब्धि मानेका थिए ।उनी सन् २००१ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । घानाका नागरिक अन्नान केही वर्षयता जेनेभामा बस्दै आएका थिए । (एजेन्सी)

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ५ : १० बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका