२०८२, १० फाल्गुन आईतबार

दाङ धार्मिक पर्यटनका लागि गन्तव्य बन्यो, पाण्डवेश्वर महादेवमा र विश्वकै अग्लो त्रिशूल पर्यटकको आकर्षण

दाङ धार्मिक पर्यटनका लागि गन्तव्य बन्यो, पाण्डवेश्वर महादेवमा र विश्वकै अग्लो त्रिशूल पर्यटकको आकर्षण


तुलसीपुर, २ भदौ दाङको घोराही धारपानीमा रहेको पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् ।

पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्रिशूल सात हजार ७१८ किलोग्राम फलाम, २२६।३६० किलोग्राम तामा, १० किलोग्राम काँस र २०४ किलोग्राम पित्तलले बनाइएको छ । उचाइ ५५।५ फिट र ४४ इन्ची गोलाई रहेको त्रिशूलले त्यहाँको थप पर्यटकको आक्रर्षण बढेको स्थानीय बताउँछन् । ऐतिहासिक तथा धार्मिक महत्वले निकै महत्व मानिने धारापानीमा देशका विभिन्न जिल्ला र भारतबाट पनि पर्यटक आउने गरेको पाण्डवेश्वर महादेव धाम सञ्चालक समितिले जनाएको छ ।

पाण्डवेश्वर महादेव धामसम्म सडकको कालोपत्रेसँगै आवतजावत गर्न सजिलो भएको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारणले पनि त्यहाँ जाने जो कोही पनि रमाउने गर्दछन् । यहाँ दैनिक सयौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्दछन् । यहाँको पर्यटन विकास लागि झण्डै रु ९० करोड बढीको गुरुयोजना बनाउन लागिएको धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।

। उहाँका अनुसार सुनकोट डाँडासम्म चार हजार ९६३ सिंडी निर्माण, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षणलगायतका काम गरिने छ । प्रदेश नं ५ ले यहाँको विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १२ : ३७ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन