२०८२, १३ फाल्गुन बुधबार

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, शनिबार सपथग्रहण

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, शनिबार सपथग्रहण


पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ ।

खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएका शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गर्नु भएको सभामुख क्विसेरले संसदमा घोषणा गर्नु भएको थियो । विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बन्नुभएका इमरानले शनिबार पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्नुहुने भएको छ । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्व क्रिकेट खेलाडी खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी भएको छ ।

विपक्षीहरूले निर्वाचन परिणाममा धाँधली भएको विचार राख्दै नतिजा अस्वीकार गरेकाकाले विवादकाबीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । सरकार गठनका लागि आफूले मात्रै बहुमत प्राप्त नगरेकाले उहाँले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ ।
सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले नयाँ सरकार बनाउने तयारीमा हुनुहुन्छ ।

क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएका खानले क्रिकेटबाट सन्यास लिएर ४३ वर्षको उमेरमा सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठाउनु भएका इमरानलाई शुरुमा धेरैले विश्वास नगरेपनि अहिले भने पाकिस्तानी जनताले मौका दिएका छन् ।

स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई मुख्य चुनावी कार्यसूची बनाएर निर्वाचन जित्नुभएका इमरानलाई आफ्ना कार्यसूची कार्यान्वयन गर्ने मौका र चुनौती एकैचोटी आइलागेको छ । चुनावका बेला उठाएका मुद्दा कार्यान्वन गर्न सक्नु होला की नहोला ? अव सवैको आखाँ उहाँप्रति यही प्रश्नका साथ तेर्सिने छन् ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  १० : ३१ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली