२०८३, २५ आश्विन सोमबार

प्रदेश नं ३ बाट चार विधेयक पारित

प्रदेश नं ३ बाट चार विधेयक पारित


हेटौँडा, १ भदौ: प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो बैठकमा प्रदेश मामिला समितिबाट दफावार छलफल गरी प्राप्त प्रतिवेदन प्रस्तुत हुँदा प्रदेश नं ३ का मुख्यमन्त्री र मन्त्रीको लागि पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७५, प्रदेशसभा पदाधिकारी र सदस्यको लागि पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक २०७५ र प्रदेश प्रशासकीय कार्यविधि विधेयक २०७५ लाई सर्वसम्मतिबाट पारित गरिएको थियो ।

उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले प्रस्तुत गर्नुभएको प्रदेश विपत् व्यवस्थापन विधेयक २०७५ लाई पनि उक्त बैठकले बहुमतले पारित गरेको थियो । उक्त बैठकको प्रारम्भमा प्रदेशसभाको सदस्य रामेश्वर फुयाँलले प्रदेशसभा नियमावली संशोधनको लागि राख्नुभएको प्रस्तावमा प्रदेशसभाका सदस्य बुद्धिमान माझीले समर्थन गर्नुभएको थियो ।

आजै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कटेलले प्रदेश संस्था दर्ता विधेयक २०७५ र सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश स्वास्थ्योपचार विधेयक २०७५ लाई छलफलको लागि प्रस्ताव टेबुल गर्नुभएको थियो । सोही बैठकमा प्रदेशसभाका सदस्यले उक्त दुवै विधेयकको सैद्धान्तिक पक्षमा बोल्नु हुँदै ग्रामीण भेगका जनतालाई नियमित स्वास्थ्योपचार गर्ने कार्यलाई सहज तुल्याउन अब प्रदेश सरकारले आफ्नो कार्यदिशाअन्तर्गत विशेषज्ञ चिकित्सकको दरबन्दीको व्यवस्थापनलगायत स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्यचौकीमा कार्यरत गराउन र आवश्यकीय सेवा सुविधा उपलब्ध गराउनेतर्फ नीतिगत कार्यक्रम तर्जुमा गरी लागू गर्ने र अनुगमनको प्रणालीलाई चुस्त पार्न आग्रह गर्नुभयो ।

उक्त बैठकमा प्रदेशसभाका सदस्यले उठाउनु भएको विभिन्न प्रश्नको जवाफ दिनु हुँदै आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कटेलले प्रदेश सरकारले प्रदेशस्तरमा सङ्घ संस्था दर्ता गर्ने अभियानलाई गम्भीरतापूर्वक नयाँ सोच र ढाँचाअनुसार प्रभावकारी ऐन ल्याउन आवश्यक रहेको छ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ९ : २१ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका