२०८२, १५ माघ बिहीबार

खेलकूद क्षेत्रको विकास गर्नुपर्छ : नेता पौडेल

खेलकूद क्षेत्रको विकास गर्नुपर्छ : नेता पौडेल


तनहुँ, १ भदौ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीयस्तरबाट खेलकूद क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीस्थित फ्रेन्डसीप युवा क्लबले आजदेखि आयोजना गरेको ‘सेभेन ए साइड’ फुटबलको उद्घाटन गर्नुहँुदै नेता पौडेलले मोफसलबाट खेलकूद क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो,“ खेलकूद क्षेत्रको विकासको लागि स्थानीय तहदेखि नै राज्यले ध्यान दिनुपर्छ ।” दमौलीबाट मानुङकोटसम्मको मोटरमार्ग काँग्रेसको पालामा बनेको दावी गर्दै उहाँले अब छिट्टै कालोपत्रे हुनेमा विश्वस्त पार्नुभयो ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेता शङ्कर भण्डारी, धुव्र वाग्ले, गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ, काँग्रेस सभापति वैकुण्ठ न्यौपानेलगायतका वक्ताले खेलकूद क्षेत्रको विकासको लागि गुणस्तर जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त प्रतियोगितामा खेलमा ३० टोलीले सहभागिता जनाएका छन् । फुटबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ७५ हजार, पदक र प्रमाणपत्र तथा द्धितीया हुनेलाई रु ३५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ५२ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम