२०८२, २ माघ शुक्रबार

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन


काठमाडौं, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो ।

गत जुनमा मिर्गौलामा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए ।बाजपेयी ‘भारत रत्न’लेसमेत सम्मानित व्यक्तित्व थिए ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाजपेयीको निधनले भारतमा एक युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।उनी कवि, स्पस्ट वक्ता र समावेशी राजनीतिज्ञकारुपमा चिनिन्थे । पत्रकारिताबाट पेसागत जीवन सुरु गरेका बाजपेयी पछि राजनीतिमा प्रवेश गरेका थिए । (एजेन्सी)

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ६ : ५६ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति