२०८३, ३ आश्विन आईतबार

जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, ३० साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको आज प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सन्दर्भमा भएका तयारीबारे जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

सम्मेलनस्थल पुग्ने सडकको मर्मतसम्भार, काठमाडाँै महानगरको साजसज्जा तथा सरसफाइलगायत सम्मेलन तयारीसम्बन्धी आ–आफ्नो जिम्मेवारीका काम समयमै पूरा गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले राससलाई बताउनुभयो ।

बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा हुनका साथै बाँकी काम निर्धारित समयमा सम्पन्न गर्ने निर्णय भएको जानकारी दिँदै उहाँले राष्ट्रिय महत्वको उक्त सम्मेलन देशको प्रतिष्ठासँग गाँसिएकाले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक योगदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको बताउनुभयो । उक्त समितिमा मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, चारवटै सुरक्षा निकायका प्रमुख सदस्य हुनुहुन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : ३१ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका