२०८२, १० कार्तिक आईतबार

जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, ३० साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको आज प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सन्दर्भमा भएका तयारीबारे जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

सम्मेलनस्थल पुग्ने सडकको मर्मतसम्भार, काठमाडाँै महानगरको साजसज्जा तथा सरसफाइलगायत सम्मेलन तयारीसम्बन्धी आ–आफ्नो जिम्मेवारीका काम समयमै पूरा गर्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले राससलाई बताउनुभयो ।

बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा हुनका साथै बाँकी काम निर्धारित समयमा सम्पन्न गर्ने निर्णय भएको जानकारी दिँदै उहाँले राष्ट्रिय महत्वको उक्त सम्मेलन देशको प्रतिष्ठासँग गाँसिएकाले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक योगदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको बताउनुभयो । उक्त समितिमा मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, चारवटै सुरक्षा निकायका प्रमुख सदस्य हुनुहुन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : ३१ बजे

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम