२०८२, ९ फाल्गुन शनिबार

नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिन्छ : प्रधानमन्त्री ओली

नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, २९ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ । उहाँले अब स्थापना हुने उद्योग प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने भन्दै त्यसका लागि वातावरण बनाउन उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्रीले केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा गर्न खोजेको आरोप लगाउनुभयो । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आम जनतामा आत्मविश्वास बढाउनु र र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावाद बढेर जान्छ ।”

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । देशको जनसंख्यामा काम गर्न सक्नेको बाहुल्यता बढी रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।” उहाँले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको विषय प्रचार गर्न उद्यमीलाई आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ९ : १४ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन