२०८२, १५ माघ बिहीबार

संसद्को निर्णयलाई न्यायपालिकाले मान्नुपर्छ : भुसाल

संसद्को निर्णयलाई न्यायपालिकाले मान्नुपर्छ : भुसाल


भक्तपुर, २३ साउन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको अभिमतबाट आएको सरकार र संसद्को निर्णयलाई न्यायपालिकाले मान्नुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अग्रगामी परिवर्तनलाई न्यायपालिकाले आत्मसात् गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको अभिमतलाई न्यायपालिकाले कुठाराघात गर्न हुन्न, अन्य संस्थाको पुनःसंरचना भएजस्तै न्यायपालिकाको पनि पुनःसंरचना हुनुपर्छ ।”

प्रतिपक्षले जनमतअनुरुप जनताको सुविधाका लागि विगतमा झैँ मिलेर देश विकासको काममा जुट्नुपर्ने भुसालले बताउनुभयो । सत्ता र प्रतिपक्ष नभई संविधानको कार्यान्वयन, देशको विकास र समृद्धिमा एक भएर अघि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले नेपाल र नेपालीको हित हुने कार्यमा लाग्न प्रतिपक्षलाई सुझाव दिनुभयो ।

प्रधानन्यायाधीश नियुक्तिमा संसदीय सुनवाइ समितिले हचुवामा निर्णय नगरेको र अनुसन्धानलाई आधार बनाएर आफ्नो अधिकार प्रयोग गरेको भुसालको दावी छ । समितिको निर्णय सर्वोच्च अदालतको निर्णय जस्तै अन्तिम भएकाले यसमा प्रधानमन्त्रीलाई बीचमा ल्याउन खोज्ने प्रतिपक्षको प्रयास गलत भएको औँल्याउनुभयो ।

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ६ : २२ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम