२०८३, १ जेष्ठ शनिबार

प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोप्दै भने ‘फलजति जनतालाई, फूल जति देशलाई’

प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोप्दै भने ‘फलजति जनतालाई, फूल जति देशलाई’


प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मन पर्ने फलफूलको विरुवा रोप्दै एक नेपाली, एक विरुवा अभियानको सुरुवा गरेका छन् । मंगलबार ओलीले मन पर्ने फलफूल लिची र एभोकाडो राेपेका हुन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति देशलाई ।’

जमिन बाँझो नराख्ने र फलफूलमा आत्मनिर्भर बन्ने अभियानको थालनी गर्दै ओलीले हरेक नेपालीले आफ्नो घर वरपरको खाली जमिनमा एउटामात्र फलफूल रोपे पनि देश आत्मनिर्भर बन्न सक्ने बताए । उनले यसबाट इकोसिस्टममा पनि सघाउ पुग्ने बताए । यो अभियानका क्रममा एकै दिनमा एक लाख भन्दा बढी फलफूलका विरुवा रोपिएका छन् । देशभरका सैनिक ब्यारेकमा पनि फलफूलका विरुवा रोपिएको रक्षा मन्त्रालयले जनाएको छ ।

विरूवा राेप्दै प्रधानसेना पति राजेन्द्र क्षति

फलफूल रोप्ने अभियान यो वर्षभरीनै चल्ने र सबै नेपालीलाई यो अभियानमा लाग्न आह्वान गरिएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए । जुन ठाउँमा जुन फलफूल लाग्छ सोही विरुवा रोप्न आह्वान गरिएको छ ।

विरूवा राेप्दै अर्थमन्त्री युवराज खतिवाड

प्रकाशित मिति : २०७५, २२ जेष्ठ मंगलबार  २ : १९ बजे

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको