२०८३, २१ बैशाख मंगलबार

नमूना बन्दै बनेपाको बुडोल, ‘प्रतिवद्धताहरुलाई सिरानीमा राखेर निदाएका छैनौं’: रेखा दाहाल

नमूना बन्दै बनेपाको बुडोल, ‘प्रतिवद्धताहरुलाई सिरानीमा राखेर निदाएका छैनौं’: रेखा दाहाल


बनेपा । बनेपा नगरपालिकाको वडा नं. ६ मा पर्ने बुडोल क्षेत्रलाई नमूना क्षेत्र बनाउन यहाँका वडाअध्यक्ष सचितान्द के.सी. लागिरहेका छन् । वडालाई नमूना वडाको रुपमा अगाडि सार्न त्यस वडाको खहरेखोला करिडोर सडकलाई हिजो नगरपालिकाकी उप–प्रमुख रेखा दाहाले शिल्यान्यास गरेकी छन्

करीडोरको शिल्यान्यास गर्दै उपप्रमुख दाहालले भनिन्, ‘हामीले निर्वाचनका बेलामा ल्याएको घोषणापत्र र गरिएका प्रतिवद्धताहरुलाई सिरानीमा राखेर निदाएका छैनौं । बनेपाको मुहार फेर्ने र समृद्ध नगरबासी बनाउनका लागि नगरपालिका अहोरात्र खटिरहेको छ ।’ ‘जनताको माझ निर्वाचनमा प्रस्तुत गरिएका योजनाहरुमा तपाईहरु अघि बढ्नुस्, नगरपालिका तपाईहरुको साथमा सधैं रहनेछ’–निर्वाचित प्रतिनिधि र सहभागी समुदायलाई आश्वस्त पार्दै उनले भनिन्, हामीलाई विश्वास छ बनेपाको वडा नं. ६ नमूना वडाको रुपमा अगाडि आउनेछ

यसैगरी वडाअध्यक्ष के.सी.ले बुडोल राजेश हार्डवयरदेखि अड्पुसम्म बग्ने खहरेखोलाको किनारैकिनार बनाउन लागेको सडकलाई खहरेखोला करिडोर नाम दिएको बताए । उनले यस सडकलाई पनौती जाने वैकल्पिक सडकको रुपमा उपयोगमा ल्याउन सकिने अध्यक्ष केसीको भनाई थियो । यो बाटो खोलिएपछि आसपासका बासिन्दाहरुको दैनिक जीवनयापनमा सहजता पुग्ने उनको विश्वास छ ।

यसैगरी शिल्यान्यास कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै खहरेखोला करिडोर सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्ष भेषराज शाहले निर्वाचनको बेला जनताको घरदैलोमा पुगेर गरिएको बाचालाई मूर्तरुप दिन लागेको बताए । ‘वडाले हाल ५० हजार दिए पनि स्थानीय उपभोक्ताहरुले नगद संकलन गरी ट्रयाक खोल्ने प्रयास गरिएको हो’, मन्तव्यका क्रममा उनले भने । त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष भैरव केसीले विगत लामो समयदेखिको यो ट्रयाक खोल्ने सपना पूरा हुँदै गरेकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा निर्वाचित वडा सदस्य कृष्णमणि कुँइकेल, तत्कालिन एमाले वडा सचिव राजेन्द्र थापा लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । शिल्यान्यास कार्यक्रमलाई समितिका सचिव राम गौतमले सञ्चलान गरेका थिए ।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ११ : ३८ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष