२०८२, २७ आश्विन सोमबार

नमूना बन्दै बनेपाको बुडोल, ‘प्रतिवद्धताहरुलाई सिरानीमा राखेर निदाएका छैनौं’: रेखा दाहाल

नमूना बन्दै बनेपाको बुडोल, ‘प्रतिवद्धताहरुलाई सिरानीमा राखेर निदाएका छैनौं’: रेखा दाहाल


बनेपा । बनेपा नगरपालिकाको वडा नं. ६ मा पर्ने बुडोल क्षेत्रलाई नमूना क्षेत्र बनाउन यहाँका वडाअध्यक्ष सचितान्द के.सी. लागिरहेका छन् । वडालाई नमूना वडाको रुपमा अगाडि सार्न त्यस वडाको खहरेखोला करिडोर सडकलाई हिजो नगरपालिकाकी उप–प्रमुख रेखा दाहाले शिल्यान्यास गरेकी छन्

करीडोरको शिल्यान्यास गर्दै उपप्रमुख दाहालले भनिन्, ‘हामीले निर्वाचनका बेलामा ल्याएको घोषणापत्र र गरिएका प्रतिवद्धताहरुलाई सिरानीमा राखेर निदाएका छैनौं । बनेपाको मुहार फेर्ने र समृद्ध नगरबासी बनाउनका लागि नगरपालिका अहोरात्र खटिरहेको छ ।’ ‘जनताको माझ निर्वाचनमा प्रस्तुत गरिएका योजनाहरुमा तपाईहरु अघि बढ्नुस्, नगरपालिका तपाईहरुको साथमा सधैं रहनेछ’–निर्वाचित प्रतिनिधि र सहभागी समुदायलाई आश्वस्त पार्दै उनले भनिन्, हामीलाई विश्वास छ बनेपाको वडा नं. ६ नमूना वडाको रुपमा अगाडि आउनेछ

यसैगरी वडाअध्यक्ष के.सी.ले बुडोल राजेश हार्डवयरदेखि अड्पुसम्म बग्ने खहरेखोलाको किनारैकिनार बनाउन लागेको सडकलाई खहरेखोला करिडोर नाम दिएको बताए । उनले यस सडकलाई पनौती जाने वैकल्पिक सडकको रुपमा उपयोगमा ल्याउन सकिने अध्यक्ष केसीको भनाई थियो । यो बाटो खोलिएपछि आसपासका बासिन्दाहरुको दैनिक जीवनयापनमा सहजता पुग्ने उनको विश्वास छ ।

यसैगरी शिल्यान्यास कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै खहरेखोला करिडोर सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्ष भेषराज शाहले निर्वाचनको बेला जनताको घरदैलोमा पुगेर गरिएको बाचालाई मूर्तरुप दिन लागेको बताए । ‘वडाले हाल ५० हजार दिए पनि स्थानीय उपभोक्ताहरुले नगद संकलन गरी ट्रयाक खोल्ने प्रयास गरिएको हो’, मन्तव्यका क्रममा उनले भने । त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष भैरव केसीले विगत लामो समयदेखिको यो ट्रयाक खोल्ने सपना पूरा हुँदै गरेकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा निर्वाचित वडा सदस्य कृष्णमणि कुँइकेल, तत्कालिन एमाले वडा सचिव राजेन्द्र थापा लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । शिल्यान्यास कार्यक्रमलाई समितिका सचिव राम गौतमले सञ्चलान गरेका थिए ।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ११ : ३८ बजे

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहट । गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी

काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी

पूर्वएआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने