२०८३, २५ आश्विन सोमबार

भारतीय जनता पार्टीका सांसद कीर्तिको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

भारतीय जनता पार्टीका सांसद कीर्तिको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती


नेकपा एमालेले भारतको सत्तारुढ दल भाजपाका सांसद कीर्ति आजादकाे अभिब्यक्तिप्रति कडा शब्दमा अापत्ति जनाएकाे छ । भारतका प्रधानमन्त्री नेपालमा भ्रमणमा रहेका बेला सांसद अाजादले जनकपुर भारतमा फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति हाे । एमाले वैदेशिक मामिला बिभागले आइतवार प्रेस विज्ञप्ति जारी गरि नेपाल भारत सम्बन्ध सुधारको पयत्न भइरहेका बेला आजादको अभिव्यक्ति निन्दनीय रहेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला भाजपा सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गरेका थिए ।

मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिएको एमालेले जनाएको छ । दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्‍याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

विदेश विभाग सचिव यादव शर्माले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २०७५, ३० बैशाख आईतबार  ६ : ०७ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका