२०८२, २७ असार शुक्रबार

विप्लवको नाममा दुई करोड माग्ने तरुण दलको नेता प्रहरी फन्दामा

विप्लवको नाममा दुई करोड माग्ने तरुण दलको नेता प्रहरी फन्दामा


 काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुँ भन्दै जग्गा व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा तरुण दलका महाधिवेशन प्रतिनिधिसहित चार जनालाई प्रहरीले पक्राउ परेका गरेका छन् ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका महाधिवेशन प्रतिनिधि गोरखा अजिरकोट–४ का ४० वर्षीय चेतबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय सोमबहादुर गुरुङ, सिरानचोक–८ का ३८ वर्षीय वसन्त भनिने वीरबहादुर गुरुङ र सुलिकोट–४ का २३ वर्षीय गणेश भनिने सुनिल ढकाल छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्यूरोका अनुसार पक्राउ परेका चेतबहादुर मुख्य योजनाकार हुन् । वसन्तले भारतको दिल्लीमा गएर भारतीय नम्बरबाट एसएमएस गरी गोरखा सुलीकोट घर भई काठमाडौंको नयाँ बजारमा बसोबास गर्ने जग्गा व्यवसायीलाई धम्की दिएका थिए । उनीहरुले रकम नदिएमा घर बमले उडाइदिने र ज्यान मार्ने भन्दै धम्क्याएका थिए ।

उनीहरुलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक उद्योग अन्तरगत मुद्दा दर्ता गरेर ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार  ६ : १७ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत