२०८३, १ आश्विन शुक्रबार

विप्लवको नाममा दुई करोड माग्ने तरुण दलको नेता प्रहरी फन्दामा

विप्लवको नाममा दुई करोड माग्ने तरुण दलको नेता प्रहरी फन्दामा


 काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुँ भन्दै जग्गा व्यवसायीबाट दुई करोड रुपैयाँ मागेको आरोपमा तरुण दलका महाधिवेशन प्रतिनिधिसहित चार जनालाई प्रहरीले पक्राउ परेका गरेका छन् ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका महाधिवेशन प्रतिनिधि गोरखा अजिरकोट–४ का ४० वर्षीय चेतबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय सोमबहादुर गुरुङ, सिरानचोक–८ का ३८ वर्षीय वसन्त भनिने वीरबहादुर गुरुङ र सुलिकोट–४ का २३ वर्षीय गणेश भनिने सुनिल ढकाल छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्यूरोका अनुसार पक्राउ परेका चेतबहादुर मुख्य योजनाकार हुन् । वसन्तले भारतको दिल्लीमा गएर भारतीय नम्बरबाट एसएमएस गरी गोरखा सुलीकोट घर भई काठमाडौंको नयाँ बजारमा बसोबास गर्ने जग्गा व्यवसायीलाई धम्की दिएका थिए । उनीहरुले रकम नदिएमा घर बमले उडाइदिने र ज्यान मार्ने भन्दै धम्क्याएका थिए ।

उनीहरुलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक उद्योग अन्तरगत मुद्दा दर्ता गरेर ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार  ६ : १७ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी