२०८२, १८ माघ आईतबार

नेपाली काँग्रेसका कारण पार्टीको यो गति भयो: राप्रपा अध्यक्ष थापा

नेपाली काँग्रेसका कारण पार्टीको यो गति भयो: राप्रपा अध्यक्ष थापा


बर्तमान प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुदाँ राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री थिए । त्यो बेला भारत र चीनसँग प्रधानमन्त्रीको दुत बनेर निकै चर्चा पनि कमाए । तर संविधान घोषण पछि भएको तीन तहको निर्वाचनमा राप्रपाले नराम्रोसँग हार ब्यहोरेको छ । हारको समीक्षा खोज्न धुलिखेलमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा सहभागि हुन आएका थापासँग हामीले हारको कारण खोज्ने कोशिस गरेका छौँ ।

उच्चस्तरीय अनुशिक्षणमा खास के भयो ?
यो अनुशिक्षणमा चुवानी समीक्षा राम्रोसँग भयो । त्यसका साथै पार्टीको भावी बैचारिक, राजनीतिक कार्यदिशा र कार्ययोजनाका बारेमा छलफल भयो । यो अनुशिक्षण कार्यक्रममा प्राप्त भएका सुझावहरुको आधारमा आगामी बैशाखमा हुने पार्टीको केन्द्रिय परिषद् बैठकमा कार्यपत्र तयार गरिनेछ ।

चुनावमा पार्टी यति नराम्रोसँग हार्नुको कारण चाँहि के रहेछ ?
मूख्य रुपले निर्वाचनको मुखमा पार्टी विभाजन हुनु नै हो । अनि पार्टीको नीति र अडानका बारेमा रहेको भ्रमहरु निराकरण गर्न नसक्नु अर्को पाटो छ । त्यसै गरी नेपाली काँग्रेससँगको सहकार्यमा स्थानीय तहमा इमान्दारिता पटक्कै देखिएन् । र पार्टीको कमजोर संगठन नै मूख्य कारण हुन् । यी नै कुराहरुले गर्दा हामीले यो अप्रत्याशित परिमाणको सामान गर्नु पर्यो ।

हालका प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुदाँ जति तपाईको राजनीतिक हाईट थियो त्यो सबै गुम्यो होइन ?
वास्तवमा अघिल्लो पटक केपी ओलीको सरकारमा रहेर मैले जुन काम गरे त्यसले साच्चिकै जनतामा राम्रो सन्देश गएको थियो । नाकाबन्दीका बेला चीनसँगको दीर्घकालिन सबन्ध विकासका लागि, अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिबृद्धिका निमित्त हामीले जुन राष्ट्रवादी अडान र भूमिका निर्वाह गरेको थियौँ, त्यसलाई नेपाली जनताले सकारात्मक रुपमा लिएका थिए । तर पछिल्लो दिनमा पार्टी एकीकरणसँग सँगै हाम्रा अडानहरुमा केहि सिथिलता देखा पर्नु र हाम्रो अडानहरुमा केहि विचलन आएको जनतालाई महशुस हुनुलाई हामीले एउटा महत्वपूर्ण पाठका रुपमा ग्राहण गरेका छाँै । र म के स्पष्ट पार्न चाहानु भने यो अनुशिक्षण बैठकले विगतका त्रृटि र कमजोरीहरुलाई सच्याएर राप्रपालाई नयाँ ढंगबाट अघि बढाउने, एउटा राष्ट्रबादी, हिन्दुवादी संगठनका रुपमा अग्रणी शक्तिका रुपमा स्थापित गराउने संकल्प गरेको छ । र त्यो अनुसार हामी अघि बढ्ने छाैँ ।

यो पटकको निर्वाचनको परिणमले पनि चेत्नु भएन है हिन्दुराष्ट्रको कुरा गर्न ?
वास्तवमा यो चुनाव पार्टीको योजनाबारे जनमत संग्रह थिएन् ।

तर जनमतले स्पष्ट पारिदियो नि ?
मैले अघि पनि भने यो हार चुनावका बेला भएको पार्टी विभाजन र पार्टीका बारेमा भएका भ्रमको निराकरण हुन नसक्नु, नेपाली काँग्रेससँगको सहकार्यमा स्थानीय तहमा इमान्दारिता नदेखिनु र हाम्रा कमजोर संघगठन नै पराजयका मूख्य कारण हुन् । निश्चय पनि हामीले अवलम्बल गर्दै आएको एजेण्डाहरुका बारे पनि समयानुकुल परिमार्जन गर्नुपर्ने आवश्यकता छ । त्यसको मुल तत्वलाई नछोडिकन, जनभावना अनुसार आफ्नो एजेण्डाहरुलाई समेत परिमार्जित गर्दै जाने हाम्रो नीति रहेको छ ।

भनेको हिन्दुराज्य र राजसंस्था चाँहि जोड्दै राप्रपाले ?
हिन्दु राष्ट्र र राजसंस्थाको मुल तत्वलाई कायम राख्दै अहिलेको परिवर्तनसँग सामान्ज्यास कामय गर्दै अघि बढ्ने हाम्रो नीति रहन्छ ।

यो पटक त जसो तसो एक सिट आयो संघीय सासंदमा अर्को पटक चाँहि ?
मैले अघि पनि भने यसपटकको निर्वाचन जनमत संग्रह थिएन् ।

तर यो निर्वाचन त संविधान जारी भएपछिको पहिलो हो नि ?
पहिलो हो । तर यो चुनावपछि मुलुकमा जनताले शान्ति, स्थायित्व र समृद्धि हासिल होस भन्ने चाहाना ब्यक्त गरेका छन् । यो पटकको चुनावमा स्वभाविक रुपले संविधान निर्माणको बेला जस्तो बैचारिक बहस नै भएको थिएन् । सबैको मूख्य एजेन्डा शान्ति, स्थायित्व र आर्थिक समृद्धि थियो । त्यस मध्ये जनताले बाम गठबन्धनलाई यो कार्यका निमित्त जिम्मेवारी दिएका छन् । त्यस कारणले यो चुनावलाई कुनै पनि पार्टीको सिद्धान्तको जनमत संग्रहको रुपमा लिएर हेर्नु हुदैन् । जनताले बाम गठबन्धनलाई भोट हालेको नेपालमा कम्युनिष्ट शासन ब्यवस्था स्थापनाका लागि होइन् । चुनावमा उनीहरुले कम्युनिष्ट शासन स्थापना गर्ने एजेण्डा पनि लिएर गएका थिएनन् । शान्ति, स्थायित्व र समृद्धि एजेण्डा थियो हामीले पनि त्यहि रुपमा बुझ्दा राम्रो हुन्छ ।

वर्तमान ओली सरकार प्रति राप्रपाको दृष्टिकोण कस्तो हुन्छ ?
सरकारले गर्ने कामको गुण र दोषका आधारमा हामी सरकारसँग ब्यवहार गर्ने नीति अबलम्बलन गर्ने छौँ ।

सरकारको विरोध काँग्रेससँग मिलेर कि एक्लै ?
होइन । हामी प्रतिपक्षमा रहन्छाैँ । हामीले ओली सरकारलाई विश्वासको मत दिएका छाँै । त्यो विश्वासको मत दिदाँ राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, मुलुकको आर्थिक विकास हुने विश्वासका साथ दिएका हौँ । यदि सरकारबाट हाम्रो यो अपेक्षा पूरा भएनन्, भने स्वाभाविक रुपले हामी त्यसको प्रतिरोध पनि गर्नेछाैँ ।

सरकारलाई विश्वासको मत त झापामा तपाईको महासचिवलाई जिताए बापत दिनु भो नि ?
झापामा पक्कै पनि बामगठबन्धनको सहयोग हामीलाई प्राप्त भएकै हो । त्यसले जित्नलाई सहयोग पुगेको छ । तर झापामा राप्रपाको जुन किसिमको जनमत थियो । त्यो जनमत प्राप्त भएकै कारणले गर्दा झापाको सम्पूर्ण क्षेत्रमा, प्रदेश र प्रतिनिधिसभाको सिटमा बामगठबन्धनलाई जिताउन हाम्रो पनि सहयोग रहेको छ । यो कुरालाई बिर्सन हुदैँन् । र अहिले हामीले केपी ओलीलाई विश्वासका मत दिएका छाँै यसको मूख्य कारण भनेको चाँहि राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, जनताको आर्थिक समृद्धिमा यो सरकाले योगदान पुर्याउन सकोस भनेर नै हो । यो हाम्रो विश्वासको मत खेर जाँदैन भन्ने पनि सोचाई छ ।

तीन राप्रपासँग त पूर्वराजाले पनि भेट गरेछन्, अब फेरी पार्टी एकता हुन्छ ?
त्यो भेटलाई हामीले एउटा साधारण घटनाका रुपमा लिएका छौँ । यो भेटलाई अतिरञ्जित हुने ढंगले ब्याख्या विश्लेषण गर्नु उचित हुदैँन् । यो भेट नितान्त ब्यक्तिगत हो । हामी अन्य पार्टीसँग एकताका लागि सधै खुल्ला छाैँ । भरपर्दो आधार तय भयो भने पशुपति जी र लोहनी जीको पार्टीसँग एकता गर्न हामी तयार छाैँ । तर एकता केबल ब्यक्तिहरु एक ठाउँमा भेला हुनका लागि मात्रै वा फेरी सामान्य कुरा नमिल्ने वित्तिकै पार्टी छोडेर जानका निमित्त हुन सक्दैन् ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ३ : ५८ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।