२०८२, ४ बैशाख बिहीबार

काभ्रे महोत्सवमा ब्यापारी दिउँसै निदाए, समय एकदिन थप

काभ्रे महोत्सवमा ब्यापारी दिउँसै निदाए, समय एकदिन थप


धुलिखेलमा जारी काभ्रे महोत्सवको समय एक थप गरिएको छ । फागुन २३ बाट सुरु भएको महोत्सव चैत ३ गते शनिबार सकिने भनिएको थियो । तर शनिबार दर्शकहरुको भिड बेलुकासम्म रहने भएकाले आइतबार मात्रै समापन गरिने आयोजक धुलिखेल उद्योग वाणिज्य संघले जनाएको छ । शनिबार राजधानीबाट धुलिखेल घुम्न आउने पर्यटक समेत महोत्सव हेर्न जाने अनुमान आयोजकले गरेको छ । त्यहि अनुसार दर्शकलाई मनोरञ्जन दिन नाम चलेका राष्ट्रिय कलाकारहरु ल्याउने तयारी पनि आयोजक गरेको छ । तर यस अघिका शनिबारमा पनि सोचे जति दर्शक महोत्सव हेर्न पुगेका थिएनन् । महोत्सव भोली दिउँसो ३ बजे समापन गरिने बताइएको छ । महोत्सवको ब्यवस्था निकै फितलो छ । तर पनि समय बढाएर आयोजकले नाटक गरेको धुलिखेलको बजारमा हल्ला छ ।

ब्यापारी दिउँसै निदाउँछन् 
काभ्रे महोत्सवमा ब्यापारका लागि स्टल राखेका ब्यापारी दिउँसै निदाउँछन् । महोत्सवमा दर्शक नआएपछि ब्यापारीहरु दिउँसैँ निदाउने गरेका हुन् । शुक्रबार दिउँसो साढे २ बजेतिर महोत्सव स्थल धुलिखेलको रंगशाला पुग्दा भाडाकुडाको स्टल राखेका ब्यापारी निदाइ रहेका भेटिए ।

महोत्सव सुरु हुनु अघि गरेको पत्रकार सम्मेलनमा ५ देखि ६ करोडको कारोबार हुने आयोजकले बताएका थिए । तर दर्शकको संख्या र स्टल हेर्दा आयोजकले भने अनुसारको आर्थिक कारोबार नहुने स्पष्ट देखिन्छ ।  उसो त ठेक्कामा दिइएको स्टल नभरिदैँ महोत्सव सकिने भएको छ । १५० वटा स्टल रहेपनि आधा पनि भरिएका छैनन् । बुकिङ गरेका ब्यवसायीहरु बुकिङ नै फिर्ता लिएका छन् ।किन भने महोत्सव पुरै ठेक्कामा दिइएको छ । आयोजक भने ढुक्क छन् ।  घाटा भएपनि आयोजकलाई हुने छैन् । ठेक्केदारलाई हुने हो ।

प्रकाशित मिति : २०७४, ३ चैत्र शनिबार  ८ : १७ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका