२०८३, ४ भाद्र शुक्रबार

काभ्रे महोत्सवमा ब्यापारी दिउँसै निदाए, समय एकदिन थप

काभ्रे महोत्सवमा ब्यापारी दिउँसै निदाए, समय एकदिन थप


धुलिखेलमा जारी काभ्रे महोत्सवको समय एक थप गरिएको छ । फागुन २३ बाट सुरु भएको महोत्सव चैत ३ गते शनिबार सकिने भनिएको थियो । तर शनिबार दर्शकहरुको भिड बेलुकासम्म रहने भएकाले आइतबार मात्रै समापन गरिने आयोजक धुलिखेल उद्योग वाणिज्य संघले जनाएको छ । शनिबार राजधानीबाट धुलिखेल घुम्न आउने पर्यटक समेत महोत्सव हेर्न जाने अनुमान आयोजकले गरेको छ । त्यहि अनुसार दर्शकलाई मनोरञ्जन दिन नाम चलेका राष्ट्रिय कलाकारहरु ल्याउने तयारी पनि आयोजक गरेको छ । तर यस अघिका शनिबारमा पनि सोचे जति दर्शक महोत्सव हेर्न पुगेका थिएनन् । महोत्सव भोली दिउँसो ३ बजे समापन गरिने बताइएको छ । महोत्सवको ब्यवस्था निकै फितलो छ । तर पनि समय बढाएर आयोजकले नाटक गरेको धुलिखेलको बजारमा हल्ला छ ।

ब्यापारी दिउँसै निदाउँछन् 
काभ्रे महोत्सवमा ब्यापारका लागि स्टल राखेका ब्यापारी दिउँसै निदाउँछन् । महोत्सवमा दर्शक नआएपछि ब्यापारीहरु दिउँसैँ निदाउने गरेका हुन् । शुक्रबार दिउँसो साढे २ बजेतिर महोत्सव स्थल धुलिखेलको रंगशाला पुग्दा भाडाकुडाको स्टल राखेका ब्यापारी निदाइ रहेका भेटिए ।

महोत्सव सुरु हुनु अघि गरेको पत्रकार सम्मेलनमा ५ देखि ६ करोडको कारोबार हुने आयोजकले बताएका थिए । तर दर्शकको संख्या र स्टल हेर्दा आयोजकले भने अनुसारको आर्थिक कारोबार नहुने स्पष्ट देखिन्छ ।  उसो त ठेक्कामा दिइएको स्टल नभरिदैँ महोत्सव सकिने भएको छ । १५० वटा स्टल रहेपनि आधा पनि भरिएका छैनन् । बुकिङ गरेका ब्यवसायीहरु बुकिङ नै फिर्ता लिएका छन् ।किन भने महोत्सव पुरै ठेक्कामा दिइएको छ । आयोजक भने ढुक्क छन् ।  घाटा भएपनि आयोजकलाई हुने छैन् । ठेक्केदारलाई हुने हो ।

प्रकाशित मिति : २०७४, ३ चैत्र शनिबार  ८ : १७ बजे

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही

गाडी किन्ने सपना देख्नेका लागि कृषि विकास बैंकको आकर्षक अटो लोन, ७ वर्षसम्मको सुविधा

काठमाडौं । आफ्नै सवारीसाधन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौँ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा धारिलो हतियार प्रहारबाट २२

महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, कांग्रेसभित्र विवाद चर्कियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र देखिएको