२०८२, १७ माघ शनिबार

बास्कोटाको यात्रा चैनपुरदेखि सिंहदरबारसम्म

बास्कोटाको यात्रा चैनपुरदेखि सिंहदरबारसम्म


२०७४ साल चैत्र २ गते सूचना तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भएका काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटा काभ्रेको मण्डन नगरपालिका–४ नयाँगाउँ चैनपुरमा २०२७ सालमा जन्मिएका थिए । बुबा हरिप्रसाद र आमा बालकुमारीको कोखबाट जन्मिएका बास्कोटा ४ दाजु–भाइमध्ये कान्छो हुन् ।

बास्कोटा कक्षा ३ मा पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन भएको थियो । त्यतिबेलै वाम पृष्ठभूमीका गुरुहरुको कुरा सुनेपछि उनमा राजनीतिक चेतना नभए पनि नयाँ कौतुहलता जागृत भएको थियो । माथिल्लो कक्षामा पढ्न अर्को स्कूलमा गएपछि पनि वामपन्थी शिक्षकहरुसँग उनको संगत हुनपुग्यो । आफूसहितका पुस्तकालय कमिटीका साथीहरुले रुसी, चिनियाँ र कोरियाली बालकथाहरु अध्ययन गरी कम्युनिस्ट विचारसँग नजिकिएका उनी बेलुकी–बेलुकी गुरुहरुको प्रशिक्षणपछि वामपन्थी आन्दोलनमा होमिएका थिए । उनको गुरुहरुलाई अराष्ट्रिय गतिविधि गरेको भन्ने आरोप लगाएर विद्यालयबाट निकालियो त्यसपछि उनी डेडीथुम्का स्कूलमा पढ्न गए । त्यो स्कूल वामपन्थी आन्दोलनको केन्द्रविन्दुमा नै थियो । उनी त्यसअघि नै कक्षा ५ मा अध्ययन गर्दा अनेरास्ववियुमा आवद्ध भइसकेका थिए । तत्कालिन मालेको अनेरास्ववियु एकताको ५ औं को उनी प्रारम्भिक कमिटीको सह–सचिव थिए त्यो बेला ।

डेडिथुम्का गएपछि स्कूल पनि ठूलो र राजनीतिको केन्द्र पनि भएकाले पञ्चायत समर्थकहरु भए पनि त्यहाँ वामपन्थीहरुको निक्कै राम्रो स्थिति थियो । कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल, भानुभक्त थपलिया लगायतका गुरुहरु थिए । बेलुकी संगठन गर्ने, किसाहरुकोमा जाने, नाटक देखाउने जस्ता गतिविधिमा बास्कोटा सक्रिय भए । ठीक त्यही समयमा ४० सालतिर पिस्कर हत्याकाण्ड भयो । त्यसको विरोधमा डेडीथुम्कादेखि जुलुसको नेतृत्व गर्दै उनी पाँचखाल चौकीसम्म गएका बास्कोटा त्यसबेलादेखि नै राजनीतिमा चिनिएर लागेका व्यक्ति हुन् । त्यतिबेला पुस्तकालय कमिटी, रेडक्रस, अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी वहन गरेका उनी युथलिगको सचिव भएर अग्रजहरुसँग निरन्तर लाग्दै गए । गाउँमा ४३ सालमा जनपक्षीय उमेद्वारलाई सक्रियतापूर्वक सहभागी भएर सघाएका बास्कोटाले विद्यार्थी राजनीतिमा ०४२÷४३ देखि अखिलको जिल्ला सदस्य, इलाका कमिटीको अध्यक्ष, जिल्ला कमिटीको सचिव, जिल्लाको अध्यक्ष भएर जिम्मेवारी वहन गरेका थिए । पार्टीको भूमिगतकालमा खासगरी वास्कोटा पार्टीको पर्चाहरु ओसार्ने गर्थे । अखिलका केन्द्रीय कमिटी सदस्य, वागमतिको उपाध्यक्ष, एमाले काभ्रेको सदस्य, सचिवालय, उपसचिव सचिव, अध्यक्षको जिम्मेवारी सम्हालेका उनी अहिले प्रदेश कमिटी र पार्टीको स्कूल विभाग सदस्यको जिम्मेवारीमा छन् ।

वास्कोटासँग भूमिगतकालको एउटा रमाइलो घटना छ । अहिलेका जिल्ला समन्वय समितिका सभापति उद्धव के.सी. त्यतिबेला हेलेन शाहको ड्राइभर थिए । ०४६ सालको चैत्र १७ गते महेन्द्रको शालिकमा कालो झण्डा गाड्ने कार्यक्रम थियो । बास्कोटा बनेपामा जुलुस सकेर आएका थिए । त्यहाँ उनी पर्चा लिन गएका थिए । सुनकोशी छापाखानामा पर्चा तयार गरिएको थियो । पुलिस दमन भएकाले त्यहाँ पुग्न नसकेपछि घर जलेकाले हेलेन शाहको ड्राइभर आफ्नो काका भएकोले खबर गर्न आएको भनेपछि पुलिसले समाति सकेकोमा पनि छोडीदिएको थियो । त्यसपछि उद्धव केसीले नी अफिसरमा त्यस्तै रिपोर्टिङ गरे । अनि गाडी लिएर जाऊ आगो निभाउन भनेपछि त्यही हेलेन शाहको गाडिमा सुनकोशी छापाखानामा भएको पञ्चायत विरोधी पर्चा लिएर उनी आएका थिए ।

०४४/०४५ देखि पार्टीको पूर्णकालिन कार्यकर्ता भएका उनले काभ्रे एमालेको नेतृत्व तहमा रहेर लामो समय साङ्गठानिक जीवन विताएका छन् । उनी संघीय प्रतिनिधि सभाको पहिलो निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट देशभरकै दोस्रो लोकप्रिय मत प्राप्त गर्दै नेकपा एमालेबाट सांसद बनेका थिए । डेडीथुम्का स्कूलबाट एसएलसी गरेका उनले मास कम्युनिकेशनमा स्नातकसम्मको अध्ययन रत्नराज्यलक्ष्मी क्याम्पसबाट पूरा गरेका छन् । प्रकाश, दृष्टि लगायत वाम निकट पत्रिकाहरुमा रहेर सक्रिय पत्रकारिताको लामो अनुभव संगालेका उनी पछिल्लो समय पत्रकारिताभन्दा पार्टी राजनीतिमा क्रियाशील रहेका थिए ।

प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार  १० : ४० बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।