२०८३, ९ श्रावण आईतबार

प्रधान न्याधीस गोपाल पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन राष्ट्रपतिको सुझाव

प्रधान न्याधीस गोपाल पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन राष्ट्रपतिको सुझाव


काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथग्रहण गर्नुअघि अनौपचारिकरुपमा कानुनी र राजनीतिक परामर्श लिएकी छन् । सर्वोच्च अदालतका ९ न्यायाधीशले पराजुलीले तोकेको इजलास अश्वीकार गरेपछि प्रधान्यायाधीश विवादमा छन् ।

संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्छ । तर विवादित प्रधानन्यायाधीशबाट सपथग्रहण गर्ने सन्दर्भमा सञ्चार माध्यमहरुबाट विभिन्न टीकाटिप्पणी भएपछि राष्ट्रपतिले परामर्श लिएको स्रोतले जनाएको छ । संविधानतः बहालवाला प्रधानन्यायाधीशबाटै सपथ लिनुपर्ने भएकाले पराजुलीले त्यसअघि आफैैंले निकास नदिएसम्म उनैबाट सपथग्रहण गर्नुपर्नेछ ।

राष्ट्रपतिनिकट स्रोतका अनुसार राष्ट्रपतिको चाहना सकेसम्म पराजुली आफैंले परिस्थिति बुझेर निकास दिए राम्रो हुन्थ्यो भन्ने छ । तर, पराजुलीले निकास नदिएमा सपथग्रहणपछि राष्ट्रपतिले उनलाई शीतलनिवासभित्रै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी रहेको स्रोतले जनाएको छ ।

राष्ट्रपति निकट ती सहयोगीले भने (सपथग्रहणपछि सम्माननीयज्यूले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अलग्गै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुनुस भन्दै हुनुहुन्छ, तपाई विवादमा पर्नुभयो यसले गर्दा सिंगो न्यायपालिकामाथि जनविश्वास गुम्ने भएकाले तपाईले नै निकास दिनुपर्छ भन्ने उहाँको भनाइ छ । परिस्थितिलाई बुझेर पराजुलीले निकास दिनुपर्छ भन्ने राष्ट्रपतिको भनाइ हो ।

प्रकाशित मिति : २०७४, ३० फाल्गुन बुधबार  ९ : ४५ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक