२०८२, ३ चैत्र बुधबार

अरनिको राजमार्ग अतिक्रमण गर्ने सबै कानुनी दायरामा ल्याइने, राजेश हार्डवेयर हटाउन पत्र

अरनिको राजमार्ग अतिक्रमण गर्ने सबै कानुनी दायरामा ल्याइने, राजेश हार्डवेयर हटाउन पत्र


बनेपा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले आफ्नो सिमाभित्र अरनिको राजमार्ग अतिक्रमण गरी बनेका संरचना हटाउन सम्बन्धित सबैलाई पत्रचार गरेको छ ।

वडाध्यक्ष सचितानन्द के.सीले आफ्नो वडाभित्र पर्ने अरनिको राजमार्ग अतिक्रमण गर्ने कोहि पनि कानुनी दायराबाट उम्किन नदिन पत्रचार गरेको बताएका छन् । खबरघर अनलाईसँग कुरा गर्दै वडाध्यक्ष केसीले भने ‘कानुनको धर्जी उडाएर केहि हार्डवेयर र वर्कशवले राजमार्ग अतिक्रमण गरिरहेका छन्, म त्यस्तो कार्य कदापी सहन सक्दिन ।’सोमबार बनेपा नगरपालिकाका इन्जिनियर ल्याएर राजमार्गको सिमा छुट्याउने र त्यसको सात दिनभित्र अतिक्रम गरेर बनेका सबै संरचनामा हटाउन पत्र पठाएको वडाध्यक्ष केसीले जानकारी दिए ।

नगरपालिकाकै सौन्दर्य बिगार्ने गरी निहित स्वार्थ बोकेका ब्यवसायीहरुले राजमार्गमा हस्तपेक्ष गरेको भन्दै उनले कानुनी दायरामा ल्याउने दाबी गरे । यसका लागि सरोकारवाला निकायसँग छलफल भइसकेको भन्दै राजमार्ग, खोला खोल्छी अतिक्रमण गर्ने सबै कानुनको भागीदार हुने उनको भनाई छ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलसँग सिमा जोडिएको बनेपा नगरपालिकाको खहरे खोला देखि चण्डेश्वरी खोलासम्म अतिक्रमणको चपेडामा परेको छ । जहाँ राजेश हार्डवेयर जस्ता ठूला ब्यवसायीले बर्षौ देखि खोलानै थुनेर हार्डवेयर पसल सञ्चालन गरिरहेको छ ।

पानी बग्ने राजकुलो खहेर खोला थुनेर राजेश हार्डवेयरले बनाएको संरचनाका कारण बर्खाका बेला सर्वसाधारणको खेत डुवानमा पर्दै आइरहेको छ । यति मात्रै होइन उक्त हार्डवेयरकै कारण अरनिको राजमार्ग समेत बर्खाका बेला बत्कने गरेको छ । त्यस्तै वडाध्यक्ष केसीको यरियामा दर्जनभन्दा बढी वर्कशप सञ्चालनमा छन् ।

जुन सडक अतिक्रमण गरी बनेका छन् । ‘सडक भनेको राज्यको सम्पत्ति हो, उनले भने ‘यसको अतिक्रमण गर्ने होइन संरक्षण गर्नेमा हामी अग्रसर हुनुपर्छ, म त्यो काम गर्न तयार छु ।’

बुडोल ओरालोमा रहेको वर्कशप

 

 

 

प्रकाशित मिति : २०७४, २० माघ शनिबार  २ : ३१ बजे

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा

ट्रम्प प्रशासनमा युद्धविरोधी निर्देशक जो केन्टले दिए राजीनामा

न्यूयोर्क । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्ट ले

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा

काठमाडौँ ।  अमेरिका रेड सीमा तैनाथ युद्धपोत (जेराल्ड फोर्ड) नजिकैको

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित सांसदहरूको लागि जारी

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि

काठमाडौं। निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते