२०८२, ९ फाल्गुन शनिबार

एमालेले चुनावबाट मुख्यमन्त्री छान्ने

एमालेले चुनावबाट मुख्यमन्त्री छान्ने


नेकपा एमालेले आफ्नो भागमा परेका ४ प्रदेशका मुख्यमन्त्री चुनावबाट छान्ने भएको छ। प्रदेश सभा संसदीय दलको चुनाव गर्ने र जो संसदीय दलको नेता चुनिन्छ, उसैलाई मुख्यमन्त्री बनाउने गरी तयारी भइरहेको एमाले नेताहरुले जानकारी दिएका छन्।

एमाले सचिव प्रदीप ज्ञवालीले पहिलोपल्ट प्रादेशिक सरकार बनिरहेकाले विधि स्थापित गर्न पनि चुनावबाटै मुख्यमन्त्री छान्न लागिएको बताए। ‘स्थायी कमिटी बैठक बसेर केही मापदण्ड तोकिदिने र त्यसका आधारमा संसदीय दलको चुनाव भएर मुख्यमन्त्री छान्नेबारे छलफल भइरहेको छ,’ ज्ञवालीले भने, ‘संघीयताको पहिलो अभ्यास भएकाले सुरुदेखि नै केन्द्रले सबैथोक लाद्ने कुराको अन्त्य होस् र विधि बसोस् भन्ने हाम्रो चाहना हो।’ उनले १र२ दिनभित्र यस विषयमा निर्णय गर्न स्थायी समिति बैठक बस्ने जानकारी दिए । एमालेका अर्का सचिव योगेश भट्टराईले प्रदेश नम्बर ५मा मुख्यमन्त्रीको दाबेदार संसदीय दलको नेता छानिएकाले अब अन्य प्रदेशमा पनि त्यही विधिमा मुख्यमन्त्री छानिने बताए।

‘हामीले प्रतिनिधि सभामा संसदीय दलको नेताको चुनाव गर्ने र ऊ नै प्रधानमन्त्री हुने विधि अपनाएका छौं,’ भट्टराईले भने, ‘अब प्रदेश सभामा पनि त्यही विधि लागु हुन्छ होला। १÷२ दिनमै बस्ने स्थायी समिति बैठकले मुख्यमन्त्रीको विधि टुंगो लगाउँछ।’ प्रदेश सभामा चुनाव भयो भने केपी ओली र माधव नेपाल पक्षका दुईरदुई मुख्यमन्त्री हुने सम्भावना छ। प्रदेश १ मा ओली पक्षका पूर्वसञ्चार मन्त्री शेरधन राई र नेपाल पक्षका पूर्वपर्यटन मन्त्री भीम आचार्य मुख्यमन्त्रीको दौडमा छन्।

यो प्रदेशको संसदीय दलमा नेपाल पक्षको सुविधाजनक बहुमत छ। त्यसैले त्यहाँ आचार्य मुख्यमन्त्री हुने सम्भावना छ। प्रदेश तीनमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीमा दाबी छ। दुबै पक्षलाई सुविधाजनक बहुमत छैन। यहाँ ओली पक्षको बहुमत छ तर उम्मेदवार टुंगो छैन। केही समयअघिमात्र नेपाल पक्ष छोडेर ओली पक्षमा गएका राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन्। नेपाल पक्षसँग संसदीय दलमा बहुमत नभए पनि शाक्यको पार्टीमा योगदान र एक जना महिलालाई पनि मुख्यमन्त्री बनाउनु पर्ने मागका कारण ओली पक्षले उनलाई सघाउन सक्छ। शाक्य निर्विरोध हुने सम्भावना रहेको एक नेताले बताए।

प्रदेश ४ का मुख्यमन्त्री दुबै दाबेदार किरण र पृथ्वीसुब्बा गुरुङ ओली पक्षका हुन्। त्यसमा पनि किरण नेता वामदेव गौतमसँग निकट मानिन्छन्। चुनाव भएको खण्डमा त्यहाँ पृथ्वीसुब्बा गुरुङले जित्ने सम्भावना छ।

प्रदेश पाँचका मुख्यमन्त्री दाबेदार शंकर पोखरेल पनि अध्यक्ष ओली पक्षका हुन्। प्रदेश सभा सदस्यले सपथ लिएकै दिन पाँच नम्बर प्रदेशका एमाले प्रदेश सभा सदस्यले शंकर पोखरेललाई संसदीय दलको नेता चुनेका थिए। दाङबाट निर्वाचित पोखरेल प्रदेश ५ का मुख्यमन्त्री निश्चितजस्तै छन्। यसअघि आइतबार वाम गठबन्धनले आफ्नो बहुमत पुग्ने ६ मध्ये ४ प्रदेशमा एमाले र २ मा माओवादीलाई मुख्यमन्त्री भागबन्डा गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०७४, १५ माघ सोमबार  ४ : ०९ बजे

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन