२०८२, १० असार मंगलबार

षड्यन्त्र गरेर आफूलाई हराइएको चौधरीको दाबी, एसपी विद्यानन्द माझीले रुखमा भोट हाल्न सिकाएको अरोप

षड्यन्त्र गरेर आफूलाई हराइएको चौधरीको दाबी, एसपी विद्यानन्द माझीले रुखमा भोट हाल्न सिकाएको अरोप


इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले उम्मेदवार भगवती चौधरीले आफूलाई षड्यन्त्र गरेर हराएको दावी गरेकी छन् । चौधरीले बुधबार दिउँसो इटहरीमा पत्रकार सम्मेलन गरी आफूलाई षड्यन्त्र गरेर हराइएकाले जनताले दिएको अभिमतको संरक्षण गर्न कानुनी उपचार खोज्ने बताइन् ।

नेतृ चौधरीले सत्ता, शक्ति र पैसाको आडमा आफूलाई धाँधली गरेर हराइएको आरोप लगाउँदै निष्पक्ष छानविनका लागि माग समेत गरेकी छन् । विवादित मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने र अन्य क्षेत्रको मतपत्र सावधानीका साथ पुनःगणना गर्नुपर्ने समेत उनको माग छ ।

“बदर मतलाई समेत सदर गराएर विजयकुमार गच्छदारलाई जिताइएको छ ।” उनले भनिन्, “मतपत्रको सिरियल नम्बर हेर्न खोज्दा समेत निर्वाचन अधिकृतले दिन मानेनन् ।” निर्वाचन अधिकृत टीकाभुषण घिमिरेको सहयोगमा घोटला भएको उनको दाबी छ ।

मतगणनाको क्रममा अर्धकट्टि सहितको नौ वटा मतपत्र भेटिए पनि सिरियल नम्वरसमेत हेर्न नदिएको, मतगणना स्थलमा सीसीटीभी नराखिएको, मतदानस्थलभित्र कांग्रेस कार्यकर्तालाई मोवाइल लैजान दिइएको चौधरीले आरोप लगाएकी छिन् । “स्वभाविक भन्दा ठूलो स्वस्तिक छाप भएका मतपत्रलाई पनि सदर गरिएको छ ।” उनले भनिन्, “गच्छदारले राज्यसत्ता समेतको दुरुपयोग गरी राती–राती पैसा बाँडे र डकैती शैलीमा चुनाव जिताइयो, चौत्ररीले भनिन् ।”

नविन शिक्षा निकेतन मावि दुहवी केन्द्रमा मतदानस्थलभित्रै दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले मोवाइल प्रयोग गरी मतदाताहरुलाई मत खसाल्न प्रभावित गरेको समेत उनको आरोप छ । चौधरीले चिमडी मतदान केन्द्रमा सुनसरीका एसपी विद्यानन्द माझीले मतदातालाई रुखमा भोट हाल्न सिकाएको, पशुपती आधारभुत विद्यालय सोचनापुर वालकुण्ड मतदान केन्द्रमा सहायक मतदान अधिकृत स्वयंले एकहजार एकसय मत खसालेको उनको आरोप छ ।

यसैगरी जनता मावि सिमरिया मतदान केन्द्रका कर्मचारी स्वयंले मतदान गरेको समेत उनले बताइन् । ज्ञानोदय आदर्श विद्यालय खनार मतदान केन्द्र २ सय ९७ को मतपेटिकाको सुरक्षण सिल नभएको समेत उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा उनीसँगै उपस्थित सुनसरी क्षेत्र नं। ३ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित लिलम बस्नेतले आफ्नै प्रतिनिधि समेतले गच्छदारलाई सघाएको पाएपछि प्रतिनिधि परिवर्तन गर्नुपरेको बताए । ‘त्यो क्रममा आफूमाथि नै सांघातिक आक्रमण भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार  ९ : १० बजे

पुष्पलालको संयमता, अनुशासन र दलप्रतिको समर्पण आजको पुस्ताका लागि प्रेरणा: उपाध्यक्ष ज्ञवाली

सिन्धुली: नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक

सदनमा उठेको सबैको भावनालाई समेटेर समिति गठन भएको छ : मन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन

अबको दशकलाई सूचना प्रविधि दशकको रूपमा अघि बढाइएको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको

भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु