२०८३, २९ असार मंगलबार

षड्यन्त्र गरेर आफूलाई हराइएको चौधरीको दाबी, एसपी विद्यानन्द माझीले रुखमा भोट हाल्न सिकाएको अरोप

षड्यन्त्र गरेर आफूलाई हराइएको चौधरीको दाबी, एसपी विद्यानन्द माझीले रुखमा भोट हाल्न सिकाएको अरोप


इटहरी । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले उम्मेदवार भगवती चौधरीले आफूलाई षड्यन्त्र गरेर हराएको दावी गरेकी छन् । चौधरीले बुधबार दिउँसो इटहरीमा पत्रकार सम्मेलन गरी आफूलाई षड्यन्त्र गरेर हराइएकाले जनताले दिएको अभिमतको संरक्षण गर्न कानुनी उपचार खोज्ने बताइन् ।

नेतृ चौधरीले सत्ता, शक्ति र पैसाको आडमा आफूलाई धाँधली गरेर हराइएको आरोप लगाउँदै निष्पक्ष छानविनका लागि माग समेत गरेकी छन् । विवादित मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने र अन्य क्षेत्रको मतपत्र सावधानीका साथ पुनःगणना गर्नुपर्ने समेत उनको माग छ ।

“बदर मतलाई समेत सदर गराएर विजयकुमार गच्छदारलाई जिताइएको छ ।” उनले भनिन्, “मतपत्रको सिरियल नम्बर हेर्न खोज्दा समेत निर्वाचन अधिकृतले दिन मानेनन् ।” निर्वाचन अधिकृत टीकाभुषण घिमिरेको सहयोगमा घोटला भएको उनको दाबी छ ।

मतगणनाको क्रममा अर्धकट्टि सहितको नौ वटा मतपत्र भेटिए पनि सिरियल नम्वरसमेत हेर्न नदिएको, मतगणना स्थलमा सीसीटीभी नराखिएको, मतदानस्थलभित्र कांग्रेस कार्यकर्तालाई मोवाइल लैजान दिइएको चौधरीले आरोप लगाएकी छिन् । “स्वभाविक भन्दा ठूलो स्वस्तिक छाप भएका मतपत्रलाई पनि सदर गरिएको छ ।” उनले भनिन्, “गच्छदारले राज्यसत्ता समेतको दुरुपयोग गरी राती–राती पैसा बाँडे र डकैती शैलीमा चुनाव जिताइयो, चौत्ररीले भनिन् ।”

नविन शिक्षा निकेतन मावि दुहवी केन्द्रमा मतदानस्थलभित्रै दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले मोवाइल प्रयोग गरी मतदाताहरुलाई मत खसाल्न प्रभावित गरेको समेत उनको आरोप छ । चौधरीले चिमडी मतदान केन्द्रमा सुनसरीका एसपी विद्यानन्द माझीले मतदातालाई रुखमा भोट हाल्न सिकाएको, पशुपती आधारभुत विद्यालय सोचनापुर वालकुण्ड मतदान केन्द्रमा सहायक मतदान अधिकृत स्वयंले एकहजार एकसय मत खसालेको उनको आरोप छ ।

यसैगरी जनता मावि सिमरिया मतदान केन्द्रका कर्मचारी स्वयंले मतदान गरेको समेत उनले बताइन् । ज्ञानोदय आदर्श विद्यालय खनार मतदान केन्द्र २ सय ९७ को मतपेटिकाको सुरक्षण सिल नभएको समेत उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा उनीसँगै उपस्थित सुनसरी क्षेत्र नं। ३ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित लिलम बस्नेतले आफ्नै प्रतिनिधि समेतले गच्छदारलाई सघाएको पाएपछि प्रतिनिधि परिवर्तन गर्नुपरेको बताए । ‘त्यो क्रममा आफूमाथि नै सांघातिक आक्रमण भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार  ९ : १० बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित