२०८२, २२ माघ बिहीबार

विजयी रत्न ढकाललाई नजिकबाट नियाल्दा

विजयी रत्न ढकाललाई नजिकबाट नियाल्दा


काठमाण्डाँ/ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट निर्वाचित रत्न ढकाल, बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट वि.स २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा जन्मिएका हुन् । ढकाल विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् ।

नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको एक अंश अझ भनौं अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा –माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा उनी सधंै चिन्ता गर्ने व्यक्तित्व हुन् ढकाल । भारतीय शासकहरुले नेपाल भूमिमा परेड खेल्दा सिमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झाण्डा फहराएका ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैं अग्रपंक्तिमा देखिन्छ ।

विद्यार्थी आन्दोलनमा १८ वर्ष
ग्रामिण क्षेत्रमा जन्मेका एक किसान परिवारको सदस्य ढकाल सानै उमेरदेखि विद्यार्थी संगठनमा संगठित भएका थिए । ढकाल २०५० सालमा तत्कालीन ने।क।पा। (एकता केन्द्र)को भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठीत भए । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति नि.मा.वि.को इकाई समिति उपाध्यक्षमा निर्वा्चित भएका ढकाल २०५३ देखि २०५४ जागृति मावि इकाई समिति अध्यक्ष भएका थिए । त्यतिखेर जनयुद्धले आधार इलाका निर्माणको दिशामा अघि बढि सकेको थियो । प्रहरी दमन र ज्यादतीले ढकाललाई अझ संगठीत हुने र विद्रोही हुने वातावरणको सिर्जना गर्दै थियो ।

स्थानीय जागृति माविमा एस.एल.सी. पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल ९क्रान्तिकारी०को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे । निरन्तर विद्यार्थी आन्दोलनमा लागेको उनी २०५७ सालमा अखिल क्रान्तिकारीका जिल्ला सदस्यमा निर्वा्चित भए । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेको ढकाल २०६१मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोज कबनेका थिए ।

माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेको उनी २०७२ ददेखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्षको भूमिकामा थिए ।

बेपत्ता, हिरासत र जेलमा झुकेनन् ढकाल
माओवादी आन्दोलनकै एक अभिन्न अंगको रुपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा ढकाल पटक पटक बेपत्ता, करूरतापूर्ण हिरासत र जेल समे बस्न बाध्य भएका थिए ।

उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी) को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । अमानविय र क्रुरतापूर्वक उनलाई यातना दिई ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेका थिए । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए ।

त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थिए । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरेको थियो ।

२०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंरिमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।

ढकालको योजना
सडक सञ्जाललाई उनले पहिलो प्राथमिकतामा राख्दै कोशीपारि सडकको स्तरोन्नती, डाँडापारि महाभारत सडकको विस्तार तथा स्तरोन्नती, पनौती खोपासी तालढुंगाको सडक स्तरोन्नती र दाप्चा सडकको स्तरोन्नतीसँगै विभिन्न सहायक सडकहरुको विस्तार, रोशीको चौकीडाँडा–खहरेपाँगू–भुग्देउ–खोपासी पनौती सडक मार्गलाई वीपी राजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने उनको प्राथमिक योजनाभित्र परेका छन् ।

त्यसैगरी खानेपानी अभाव रहेका क्षेत्रमा आफ्नो कार्यकालमा खानेपानीको सुविधा सबै मतदाताको घरमा पु¥याउने संकल्प गरेका छन् । त्यस्तै संस्कृति र पर्यटन विकासका लागि पूर्वाधार तयार गर्न उनले तेमाल क्षेत्रमा तामाङ संग्राहलय स्थापना गर्ने, कोशीपारि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको तयार गर्ने र प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत श्रृङ्खलामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी ट्रेकिङ रुटको निर्माण गर्ने अर्को योजना छ । त्यस्तै सुनकोशी जलविद्यूत परियोजना सञ्चालन गरि आफ्नो क्षेत्रमा कायपल गर्ने ढकालको योजना छ ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ५ : ०४ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक