२०८३, ३ आश्विन आईतबार

कमल थापा हारे, कृष्ण दाहालको ‘ह्याट्रिक’

कमल थापा हारे, कृष्ण दाहालको ‘ह्याट्रिक’


काठमाडौं/ राप्रपा अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । ऊर्जामन्त्री थापाविरुद्ध एमालेका कृष्णप्रसाद दाहालले भने ह्याट्रिक पुरा गरेका छन् ।

दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाएका थिए । थापा र दाहालबीचको मतान्तर ५ हजार ९७३ छ । राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर दाहाल तेस्रोपटक सांसदमा निर्वाचित भएका छन् ।

०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वा्चित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।

दाहाल बाम गठबन्धनका साझा उम्मेदवार हुन भने थापा काँग्रेससँगको गठबन्धनका उम्मेदवार हुन् । दाहालले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ७ : ४६ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका