२०८१, ४ आश्विन शुक्रबार

काभ्रेली जनताको भोट सूर्यमायालाई

काभ्रेली जनताको भोट सूर्यमायालाई


काठमाण्डौ/काभ्रेबाट प्रदेश नं. ३ का लागि ने.क.पा. एमालेको समानुपातिक उम्मेदवार दनुवार पांचखाल नगरपालिका वडा नं. १२ स्थायि घरभएका (साविक देवभुमि बाल्वा गा.वि.स. वडा नं. ९ जरेटार) मा २०३८ साल भाद्र १ गते रविबारका दिन बुबा मानबहादुर दनुवार तथा माता ठुली दनुवारको कोखबाट सामान्य किसान परिवारारमा जन्म भएको हो । उनी परिवारको दोस्रो सन्तान हुन् । २०४५ सालबाट प्रारमभिक शिक्षा श्री गांगा देवि प्राथमिक विद्यालयबाट भएको उनको जिल्लामा मात्रै होइन केन्द्रमा समेत परिचित छ ।

कक्षा पांच सम्मको अध्ययन पश्चात श्री आजाद माध्यमिक विद्यालयबाट निम्न माध्यमिक तथा माध्यमिक शिक्षा लिएको जसक्रममा विद्यालयका हरेक अतिरिक्त क्रिया कलापमा भाग लिई खालि हात नफकर्ने तथा विद्यालयको जुनिएर रेडक्रस सर्कलको विद्यालय स्तरिय सदस्यताबाट सामाजिक कार्य शुरु गरेको सामाजिक अनुभव विद्यार्थी जीवनबाटनै सुरु गरेकी हुन् । उच्च मा.वि. अध्ययनको क्रममा सर्वमंगला उच्च मा.वि.तथा सर्बमंगला बहुमुखि क्याम्पसमा शिक्षा संकायमा जनसंख्या शिक्षा अध्ययन गरेकी उनले स्नातक तहको भने रत्नराज्य लक्ष्मी क्याम्पसमा राजनीति शास्त्रको अध्ययन गरेकी छन् ।

उनको राजनितिक यात्रा २०५५ मा अनेरास्ववियुको प्रा.क. सदस्य आजाद माध्यमिक विद्यालयबाट शुरु भएको हो । २०५६ मा अनेरास्वव्युवि जिल्ला सदस्यको रुपमा निर्वाचित सदस्यका साथै २०५९ सालमा अखिल जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाले सकेको अनुभव छ । जिम्मेवारीको क्रममा २०६० सालमा राष्ट्रिय परिषद सदस्य तथा अखिल नेपाल महिला संघको जिल्ला सदस्यको जिम्मेवारी लिएकी सूर्यमाया संघर्षशील महिलाको रुपमा पनि चिनिन्छिन् । २०६१ मा युवा संघ सचिवालय सदस्यको जिम्मेवारी वहन गर्नुका साथै २०६३ मा पार्टी जिल्ला कमिटि सदस्य पनि बनेकी थिइन् । जिम्मेवारीको क्रममा २०७१ मा लोकतान्त्रिक दनुवार संघको जिल्ला कमिटिको उपाध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष बन्न सफल भइन् ।

पार्टीगत रुपमा आफुले पाएको जिम्मेवारी कुशलतापुर्वक तथा समग्र संगठनमा रहेका सबै कार्यकर्ताहरुको मनोवललाई उच्च बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरेकी छिन् । अखिल नेपाल महिला संघको सदस्य रहेको समयमा कृषिमा आमुल परिवर्तनको रुपमा आफुले नै नमुनाको रुपमा कृषि कार्यमा संलग्न भई समय सापेक्ष कृषिमा संलग्न भएको आधारमा कृषि प्रविधि र अनुभव साटासाट कार्यक्रम अन्र्तगत फिलिपिन्स तथा ईण्डोनेसिको १ महिनाको कृषि प्रविधिको अध्ययन भ्रमणमा गई दक्षिण कोरिया, पाकिस्तान, बंगलादेश सहित १० एसिएन राष्ट्रको कृषक संगको अन्तरक्रिया कार्यक्रममा सहभागीता गरेको अनुभव समेत बटुलेकी छिन् उनले ।

समग्रमा आफुले बहन गरेको जिम्मेवारीबाट संगठन निमार्ण र परिचालनमा निपुर्णता हासिल गरेकी दनुवार आफुलाई प्रदेशसभाको योग्य समानुपातिक उम्मेदवारको रुपमा पार्टी सिफारीस गरेको बताउँछिन् । सामाजिक परिवर्तन रुपान्तरण तथा सामुदायिक चेतना विस्तारको लागी विभिन्न सामाजिक सस्था, सामुदायिक सस्थामा पनि जिम्म्ेवारी पुर्ण पदिय दायित्व निर्वाह र भूमिका खेल्दै पछिल्लो समय संचार कर्मिको रुपमा काभ्रेमा स्थापित तथा सामुदायिक सञ्चार गृह रेडियो नमोबुद्धमा आबद्धता छिन् ।
समग्रमा काभ्रेलाई परिचित गराउन सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन, कृषि लगायतका क्षेत्रमा सकृयता रहने गरि भईरहेको विकासलाई परिस्कृत र परिमार्जित रुपमा अगाडी बढाउने योजना छ । अतिसीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने सूर्यमाया दनुवारले युवा तथा आम नागरिकको लागी स्वरोजगारको र्सजना तथा लगानीमा बृद्धि गराई उत्पादनमुलक कार्यलाई महत्व दिईने योजना अघि सारेकी छिन् ।

भौगोलिक, साँस्कृतिक, आर्थिक, धार्मिक विविधता तथा भाषगत विविधतालाइृ मध्यनजर गरि समग्र महिलाको सशक्तिकरण विकास गरि समान सहभागितामा अग्रसर गराउनका लागी जिम्मेवार पुर्ण रुपमा अगाडी बढने समानुपातिक उम्मेदवार दुनवारको कार्य योजना छ ।

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  १२ : ४१ बजे

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै