२०८२, १६ पुस बुधबार

काभ्रेमा गठबन्धनको चुनावी प्रचारप्रसार तिब्र

काभ्रेमा गठबन्धनको चुनावी प्रचारप्रसार तिब्र


धुलिखेल/जिल्लामा दलहरुले चुनावी प्रचारप्रसारलाई निकै तिब्र बनाएका छन् । बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर एक प्रतिनिधिसभाका उम्मेदवार गंगा बहादुर दोङ र प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामा विहीबारदेखि जिल्लाको विकट डाँडापारी क्षेत्रको घरदैलो चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार तीर्थ लामा र प्रदेशसभाका उम्मेदवार सीबि लामा सहितको टोली शनिबार डाडाँपारी हिडेको नेपाली काँग्रेसका क्षत्रीय सभापति रमेश हुमागाईले जानकारी दिए । उक्त टोलीले ३० कात्र्तिकसम्म साविकको १० वटा गाविसमा चुवानी सभा गर्ने छ । टोलीमा निर्वाचन प्रचारप्रसार मुल समितिका संयोजक एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्य र गणेश लामा पनि डाँडापारी पुगेर घर दैलो कार्यक्रममा सहभागि हुने हुमागाईले बताए ।

जिल्ल्लाको कोशीपारी, रोशी, तेमाल लगायत ६ नगरपालिका र ७ गाउँपालिकामा बाम गठबन्धनले संयुक्त भेला सकाई सकेको बाम पत्रकार गठबन्धन प्रचारप्रसार समितिका संयोजक हिरामान लामाले जानकारी दिए । लोकतान्त्रिक गठबन्धनले पनि पहिलो चरण अन्तर्गत सबै नगरपालिका र गाउँपालिकाहरुमा चुनावी प्रचारप्रसार सकाएको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा विभिन्न दल र स्वतन्त्र सहित प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा १५ जना, प्रदेशसभा (क) ७ र (ख) मा १० जना उम्मेवार छन् । त्यस्तै प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर २ मा ११ जना, प्रदेशसभा (क) ५ (ख) र मा ८ जना गरी ५८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मूख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी तिलक कार्कीले जानकारी दिए । तर प्रतिस्पर्धा भने काँग्रेस नेतृत्वको लोकतान्त्रिक र एमाले नेतृत्वको बाम गठबन्धन बीच हुने देखिएको छ ।

गाउँपुगेका उम्मेदवारहरुले मतदाता माज काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने देखि विकास निर्माणका ठूल ठूला सपना बाडीरहेका छन् । २०७० सालमा निर्वाचित भएका मध्ये तीर्थ लामामात्रै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् । भने लोकतान्त्रिक गठबन्धनकै प्रतिनिधिसभा २ (ख) बाट पूर्व उद्योग राज्यमन्त्री एवं सांसद कञ्चन चन्द्र बादे प्रदेशसभाको प्रतिस्पर्धामा छन् । बाम गठबन्धनबाट भने यसअघि निर्वाचित कोहि पनि उम्मेदवार बनेका छैनन् ।

यसअघि जितेर यो पटक पनि उम्मेदवार बनेकाले पहिले गरेको काम सुनाई रहेका छन भने अरुले भावी कार्ययोजना मतदातालाई भनिरहेका छन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा १ का उम्मेवार गोकुल बास्कोटाले सुनकोशी जलविद्यूत र इन्द्रवाती जलशय युक्त जलविद्यूत आयोजनालाई मूख्य प्राथमिकतामा राखेर मतदाता माझ पुगिरहेका छन् ।

 

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतबार  १ : १४ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो