२०८२, २८ असार शनिबार

एक बोतल पानीको १ करोड ४ लाख !

एक बोतल पानीको १ करोड ४ लाख !


काठमाडौं/एक बोतल पानीलाई कतिसम्म पर्ला रु हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

कम्पनिले उत्पादन गरेको महँगो मदिराभन्दा पनि महंगो पर्ने यस पानीलाई संसार कै सबैभन्दा महँगो सौखिन पानी भएको उल्लेख गरेको छ ।

कम्पनिका अनुसार ‘बेवर्ली हिल्स्–९०एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो । यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।

अमेरिकी पानी ब्यपारी मार्टिन रैजको पानी बिकाउने कलालाई प्रसिद्ध कालिगढ मारियो पडिल्लाले बोतलको डिजायन गरेर साकार बनाएको कम्पनिले उल्लेख गरेको छ । ‘लस एन्जल्स’को पहाडी इलाका ‘बेवर्ली हिल्स्’को माथील्लो सतहको झरनाबाट विशेष प्रविधिबाट संकलन गरिएको शुद्ध पानीलाई संसारको जुनसुकै कुनाबाट ‘अर्डर’ गर्न सकिने छ कम्पनिले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ४ : ०६ बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर