२०८३, १६ जेष्ठ आईतबार

एक बोतल पानीको १ करोड ४ लाख !

एक बोतल पानीको १ करोड ४ लाख !


काठमाडौं/एक बोतल पानीलाई कतिसम्म पर्ला रु हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

कम्पनिले उत्पादन गरेको महँगो मदिराभन्दा पनि महंगो पर्ने यस पानीलाई संसार कै सबैभन्दा महँगो सौखिन पानी भएको उल्लेख गरेको छ ।

कम्पनिका अनुसार ‘बेवर्ली हिल्स्–९०एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो । यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।

अमेरिकी पानी ब्यपारी मार्टिन रैजको पानी बिकाउने कलालाई प्रसिद्ध कालिगढ मारियो पडिल्लाले बोतलको डिजायन गरेर साकार बनाएको कम्पनिले उल्लेख गरेको छ । ‘लस एन्जल्स’को पहाडी इलाका ‘बेवर्ली हिल्स्’को माथील्लो सतहको झरनाबाट विशेष प्रविधिबाट संकलन गरिएको शुद्ध पानीलाई संसारको जुनसुकै कुनाबाट ‘अर्डर’ गर्न सकिने छ कम्पनिले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ४ : ०६ बजे

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष