२०८१, ३ आश्विन बिहीबार

समानुपातिकमा को–को पक्का ?

समानुपातिकमा को–को पक्का ?


काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको ३३० सिटका लागि ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ । समानुपातिक तर्फबाट प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशसभाका लागि २ सय २० जना सदस्य निर्वाचित हुनेछन् ।

समानुपातिकको सूचीमा ५० महिला उम्मेदबार हुनुपर्ने अनिवार्य व्यवस्था छ । जनसंख्याको आधारमा खस आर्य ३१ दशमलव २, आदिवासी जनजातिलाई २८ दशमलव ७, मधेशीलाई १५ दशमलव ३, दलितलाई १३ दशमलव ८, थारुलाई ८ दशमलव ६ र मुस्लिमलाई ४ दशमलव ४ प्रतिशत सिट छुट्याइएको छ ।

को–को सांसद बन्ने पक्का

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा आदिवासी जनजाति पुरुषतर्फबाट विजय सुब्बाको नाम पहिलो नम्बरमा राखेको छ । आदिवासी जनजाति महिलातर्फ भने थममाया मगरको नाम पहिलो नम्बरमा छ । त्यसैगरी खसआर्यतर्फ पुरुषमा मुकुन्द न्यौपाने र महिलामा राधाकुमारी ज्ञवालीको नाम पहिलो नम्बरमा रहेको छ । त्यसैगरी मधेसी कोटामा पुरुषतर्फ मोतीलाल दुगड र महिलातर्फ जुली कुमारी महतोको नाम पहिलो नम्बरमा राखेको छ । थारुबाट पुरुषमा हुमान चौधरी थारु र महिलामा शान्ता चौधरी थारुको नाम पहिलो नम्बरमा राखेको छ । दलित कोटाबाट पुरुषमा रामप्रीत पासवान र महिलामा निरा देवी जैरुको नाम पहिलो नम्बरमा राखेको छ भने मुस्लिम कोटामा पुरुषतर्फ सलिम मियाँ अन्सारी र महिलातर्फ कालिला खानको नाम पहिलो नम्बरमा राखेको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीको पहिलो नम्बरमा मधेसी कोटाबाट महिलामा सीतादेवी यादवको नाम पहिलो नम्बरमा राखेको छ । मधेसी कोटाबाट पुरुषमा उद्योगपति विनोदकुमार चौधरीको नाम पहिलो नम्बरमा छ । त्यस्तै खस आर्य पुरुषतर्फ बालकृष्ण खाँण र महिलातर्फ सुजाता कोइरालाको नाम पहिलो नम्बरमा छ । आदिवासी जनजातितर्फ पुरुषमा बहादुरसिंह तामाङ र महिलामा ज्ञानकुमारी छन्त्यालको नाम पहिलो नम्बरमा रहेको छ । थारु कोटातर्फ पुरुषमा पदमनारायण चौधरी र महिलामा दिलिप खवास गच्छदारको नाम पहिलो नम्बरमा छ । मुस्लिममा पुरुषतर्फ अतहर कमाल मुसलमान र महिलातर्फ सर्वत आरा खातमको नाम पहिलो नम्बरमा छ । दलित कोटा पुरुषमा मानबहादुर विश्वकर्मा र महिलामा सुजाता परियारको नाम पहिलो नम्बरमा छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि समानुपातिक सूचीको खसआर्य महिलातर्फको पूर्वमन्त्री रेखा शर्मा र पुरुषतर्फ हितराज पाण्डेको नाम पहिलो नम्बरमा राखेको छ । त्यस्तै आदिवासी जनजाति महिलातर्फ जयपुरी घर्तीमगर र पुरुषतर्फ सुरेशकुमार आलेमगरको नाम पहिलो नम्बरमा राखेको छ । माओवादीले मधेसी पुरुषतर्फ जोगकुमारी वरवरिया यादव र महिलातर्फ इन्दू शर्माको नाम पहिलो नम्बरमा राखेको छ । त्यस्तै दलित महिला तर्फ अञ्जना विशंखे र पुरुषतर्फ तिलक परिवारको नाम पहिलो नम्बरमा छ । थारु महिलातर्फ रामकुमारी चौधरी र पुरुषतर्फ रामजी चौधरीको नाम पहिलो नम्बरमा छ । मुस्लिम महिलातर्फ चाँद तारा कुमारी र पुरुषतर्फ हकि कुल्लाह मुसलमान पहिलो नम्बरमा परेका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको समानुपातिकको पहिलो नम्बरमा खसआर्यबाट सरिता गिरि परेकी छन् भने दोस्रो नम्बरमा मधेसी कोटाबाट रेणुकुमारी यादव परेकी छिन् । खसआर्य पुरुषबाट पहिलो नम्बरमा परशुराम बस्नेत, मधेसी पुरुषबाट पहिलो नम्बरमा रत्नेश्वरलाल कायस्थ, आदिवासी जनजाति पुरुषतर्फबाट राजेन्द्र श्रेष्ठ र महिलातर्फ रेतुका गुरुङको नाम पहिलो नम्बरमा परेको छ । त्यस्तै थारु कोटाबाट महिलामा रीता चौधरी र पुरुषमा मोहनलाल चौधरीको नाम पहिलो नम्बरमा परेको छ । दलित पुरुषमा रामबहादुर नेपाली र महिलामा कलुदेवी विश्वकर्माको नाम पहिलो नम्बरमा परेको छ ।

राष्ट्रिय जनता पार्टीको समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा मधेसी कोटा महिलातर्फबाट चन्दा चौधरी परेकी छन् । बन्द सूचीको दोस्रो नम्बरमा मुस्लिम कोटाबाट अक्वाल अहमद साह परेका छन् । त्यस्तै खसआर्यबाट पहिलो नम्बरमा रनमाया ढकाल, आदिवासी जनजातिबाट रानी मण्डलको नाम पहिलो नम्बरमा परेको छ ।

कमल थापा नेतृत्वको राप्रपाले आदिवासी जनजाति कोटा पुरुषबाट पहिलो नम्बरमा बुद्धिमान तामाङलाई राखेको छ ।त्यसैतै आदिवासी जनजाति महिला तर्फ सुनिता करुम्वाङ, खस आर्य पुरुषतर्फ राजीव पराजुली, महिलातर्फ गीता बस्नेतलाई पहिलो नम्बरमा राखेको छ ।

डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी, नेपालले आदिवासी जनजाति महिला कोटाबाट नायिका करिष्मा मानन्धरको नाम पहिलो नम्बरमा राखेको छ ।

रविन्द्र मिश्रले नेतृत्वको गरेको विवेकशील साझा पार्टीले समानुपातिकको पहिलो नम्बरमा आदिवासी जनजाति महिला कोटातर्फबाट अनुसा थापाको नाम पहिलो नम्बरमा राखेको छ । त्यसैगरी मधेसी कोटा महिलातर्फबाट निरुपमा यादव र पुरुषतर्फबाट अरुण चौधरीको नाम पहिलो नम्बरमा राखेको छ । त्यस्तै खसआर्यबाट मुमाराम खनालको पनि समानुपातिकको पहिलो नम्बरमा राखेको छ ।

पहिलो नम्बरमा परेका प्रमुख दलका भाग्यमानीहरु सांसदमा निर्वाचित हुने प्राय निश्चित छ भने अन्य साना दलले पनि मतसंख्या पु¥याए सांसदमा निर्वाचन हुने पक्का छ ।  उम्मेदबारको अन्तिम सूचि भने निर्वाचन आयोगले मंसिर ३ गते सार्वजनिक गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २०७४, १९ कार्तिक आईतबार  ११ : ४२ बजे

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै