२०८३, ११ श्रावण मंगलबार

नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट


काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीका लागि स्वास्थ्य सेवामा थप सहुलियत उपलब्ध गराउने उद्देश्यले ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.सँग सम्झौता गरेको छ। बैंकले यस्तो सहकार्यलाई ग्राहककेन्द्रित सेवा विस्तारको रणनीतिको निरन्तरता भएको जनाएको छ।

असार ८ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो तथा महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलबाट दन्त तथा मुख स्वास्थ्यसम्बन्धी उपचार गराउँदा विशेष छुट पाउनेछन्।

सम्झौताअनुसार बिरामी दर्ता तथा प्रारम्भिक स्वास्थ्य परीक्षण (चेकअप) शुल्कमा शतप्रतिशत छुट हुनेछ भने अस्पतालले उपलब्ध गराउने विभिन्न दन्त उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। बैंकका अनुसार यस व्यवस्थाबाट ग्राहकको स्वास्थ्य उपचार खर्च घट्नुका साथै गुणस्तरीय दन्त सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.का तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गर्नुभएको हो।

नेपाल बैंकले पछिल्ला वर्षहरूमा बैंकिङ सेवासँगै स्वास्थ्य, शिक्षा, बीमा, होटल तथा अन्य सेवामूलक क्षेत्रसँग सहकार्य विस्तार गर्दै आफ्ना ग्राहकलाई थप मूल्य अभिवृद्धि हुने सुविधा उपलब्ध गराउँदै आएको छ। यस्ता साझेदारीले ग्राहकको सेवा अनुभव सुधार्नुका साथै बैंकप्रतिको आकर्षण र ग्राहक निष्ठा बढाउन सहयोग पुग्ने विश्वास बैंकको छ।

नेपालकै पहिलो वाणिज्य बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङ, आधुनिक प्रविधि र ग्राहकमैत्री सेवामा केन्द्रित रणनीतिका कारण बैंकले वित्तीय बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै लगेको जनाएको छ।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  २ : २८ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि