२०८३, २९ भाद्र मंगलबार

होर्मुजमा तनाव चुलियो : अमेरिकाद्वारा इरानका ८० भन्दा बढी सैन्य संरचनामाथि आक्रमण

होर्मुजमा तनाव चुलियो : अमेरिकाद्वारा इरानका ८० भन्दा बढी सैन्य संरचनामाथि आक्रमण


काठमाडौं । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका ८० भन्दा बढी सैन्य पूर्वाधारमा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार कारबाहीमा इरानको हवाई सुरक्षा प्रणाली, कमाण्ड एन्ड कन्ट्रोल नेटवर्क, तटीय राडार तथा एन्टी–शिप मिसाइल संरचनालाई निशाना बनाइएको हो।

सेन्टकमका अनुसार होर्मुज जलमार्ग आसपास रहेका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना डुंगामा पनि प्रहार गरिएको छ। अमेरिकी दाबीअनुसार यस कारबाहीको उद्देश्य अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा इरानको सैन्य गतिविधि कमजोर बनाउनु हो।

अमेरिकी पक्षले मंगलबार होर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाज—एम/टी अल रेकायत, एम/टी वेड्यान र एम/टी साइप्रस समृद्धिमाथि इरानी सेनाले आक्रमण गरेको आरोप लगाएको छ।

अमेरिकाले उक्त घटनालाई अन्तर्राष्ट्रिय जलयात्राको स्वतन्त्रतामाथिको चुनौती भन्दै त्यसको प्रतिकारस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ। तर, इरानले भने अमेरिकी आरोपबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यस घटनापछि मध्यपूर्वमा सुरक्षा चुनौती थप गहिरिने र विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता बढेको छ।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  २ : ०३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक