२०८३, १० कार्तिक मंगलबार

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’

ट्रम्पको घोषणा ‘इरानसँगको सम्झौता सकियो’, तेहरानको चेतावनी ‘जुनसुकै कदम चाल्न तयार’


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारी अब व्यवहारतः समाप्त भएको बताएका छन्। टर्कीमा आयोजित नाटो शिखर सम्मेलनका क्रममा उनले इरानसँग थप वार्ता गर्नु ‘समयको बर्बादी’ भएको टिप्पणी गर्दै वासिङ्टन अब कूटनीतिक प्रयासभन्दा आफ्ना रणनीतिक प्राथमिकतामा केन्द्रित हुने संकेत दिएका छन्।

ट्रम्पको यो अभिव्यक्ति इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा हमला गरेको दाबी गरेलगत्तै आएको हो।

ट्रम्पले इरानमाथि स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यावसायिक जहाजलाई निसाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै तेहरानलाई ‘धोकेबाज खेलाडी’ र ‘दुष्ट शासन’को संज्ञा दिए। उनले इरानको वर्तमान शासनलाई ‘सुरुमै रोक्नुपर्ने खतरा’समेत बताएका छन्।

उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले भने सम्झौता अमेरिकाले नै तोडेको आरोप लगाएका छन्। उनले अमेरिकी हवाई आक्रमण, इरानी तेलमाथिको नयाँ प्रतिबन्ध तथा क्षेत्रीय तनावका कारण सम्झौताको आधार नै ध्वस्त भएको दाबी गरे।

अराघचीले इरान आफ्नो राष्ट्रिय सुरक्षा, सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षाका लागि आवश्यक परे जुनसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिए। साथै, खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाबाट इरानमाथि कुनै पनि आक्रमण भए त्यसको स्रोतलाई नै प्रत्यक्ष निशाना बनाइने चेतावनीसमेत दिएका छन्।

यसअघि अमेरिकी सेन्टकमले इरानका ८० भन्दा बढी सैन्य ठिकानामा हमला गरेको जनाएको थियो। त्यसको प्रतिकारस्वरूप इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ।

ट्रम्प र तेहरानबाट आएका पछिल्ला अभिव्यक्तिले अमेरिका–इरान सम्बन्ध फेरि एकपटक गम्भीर तनावतर्फ उन्मुख भएको संकेत दिएका छन्।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  ३ : १३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना