२०८३, २६ आश्विन मंगलबार

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट सम्पन्न, अटो बजार फेरि उत्साहित

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट सम्पन्न, अटो बजार फेरि उत्साहित


काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को तयारीले तीव्रता पाएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीका लागि स्टल बाँडफाँट (गोला प्रथा) आइतबार नाडा सचिवालयमा सम्पन्न गरिएको हो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गोला प्रथामार्फत विभिन्न कम्पनीलाई स्टल आवंटन गरिएको छ।

यसपटक प्रदर्शनीमा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपाङ्ग्रे, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टल रहनेछन्। साना स्टलमार्फत ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीले आफ्ना नयाँ उत्पादन, प्रविधि र सेवा प्रदर्शन गर्नेछन्।

हरेक वर्षझैँ यस वर्ष पनि अटो शोले नयाँ सवारीसाधन, अत्याधुनिक प्रविधि, विद्युतीय सवारी, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रका नवीनतम प्रवृत्तिलाई एउटै छानामुनि ल्याउने अपेक्षा गरिएको छ। यसले अटो व्यवसायी, उपभोक्ता र लगानीकर्ताबीच नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

नाडाका महासचिव मिलनबाबु मल्लले प्रदर्शनीमा सहभागिता जनाउने सबै कम्पनीप्रति आभार व्यक्त गर्दै यस वर्षको अटो शो विगतभन्दा अझ व्यवस्थित, आकर्षक र सफल हुने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  २ : २४ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका