२०८३, २२ आश्विन शुक्रबार

गुण्डा नाइके गणेश लामा बने कांग्रेसको प्रदेशसभा उम्मेदवार

गुण्डा नाइके गणेश लामा बने कांग्रेसको प्रदेशसभा उम्मेदवार

खबरघर
47
Shares

१५ कात्तिक, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएका छन् ।

कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् । लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको कांग्रेस नेता रमेश रिजालले बताए ।

कांग्रेसले वामपन्थी गठबन्धनसँग भिड्न काभ्रे १ मा प्रतिनिधिसभा सदस्यका लागि तीर्थ लामालाई अघि सारेको छ काभ्रे २ मा जिल्ला सभापति मधु आचार्य उम्मेदवार बनेका छन् ।

प्रदेशसभामा क्षेत्र नम्बर १ को ‘क’मा सीबी लामा र ‘ख’मा गणेश लामा तथा क्षेत्र नम्बर २ को ‘क’ मा सुन्दरमणी आचार्य र ‘ख’ मा कन्चनवादे श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

वामपन्थी गठबन्धनको भने उम्मेदवार तय भइसकेका छै्रन ।

प्रकाशित मिति : २०७४, १५ कार्तिक बुधबार  ५ : ५० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य