२०८३, २१ भाद्र सोमबार

समृद्धिको सपनालाई पैसामा विक्री नगर्नुस्ः प्रदेशसभा उमेद्वार चन्द्र लामा

समृद्धिको सपनालाई पैसामा विक्री नगर्नुस्ः प्रदेशसभा उमेद्वार चन्द्र लामा


बनेपा । काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा २ का बाम गठबन्धनका उमेदवार चन्द्र लामाले युवा बुद्धिजिवीहरुलाई पैसामा समृद्धिको सपनालाई विक्रि नगर्न आग्रह गरेका छन् । समृद्ध नेपालको सपनालाई साकार पार्नु आम युवाहरुको दायित्व र अहिलेको चुनौती भएको औंल्याउँदै उनले काभ्रेको बनेपामा दाप्चा र रोशी भेगबाट ब्यवसायको शिलशिलामा बनेपा र काठमाडौं लगायतमा स्थानहरुमा बसेका युवा बुद्धिजीविहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा उम्मेदवार लामाले आम नेपालीको चाहना समृद्ध नेपाल र सुखी नेपाली बनाउने भएकाले त्यसमा अबरोध पु¥याउने खालको काम कोही कसैबाट नगर्न समेत आग्रह गरे । अहिले शहरदेखि गाउँसम्म केही उम्मेदवारहरुले पैसामा जनताको अमुल्य मत किन्न खोजिरहेको भन्ने ब्यापक हल्लाहरु आइरहेको उल्लेख गर्दै त्यस्तो गलत नीति र ब्यवहारमा कुनै पनि सचेत जनता नफस्नका लागि उनको अनुरोध थियो ।

उनले अबको राष्ट्र निर्माणको काम बाम गठबन्धनले मात्रै गर्ने दावी गर्दै आम युवा बुद्धिजीविहरुलाई उक्त अभियानमा लामबद्ध भएर लाग्न आग्रह गरे । ‘यो निर्वाचन कुनै ब्यक्ति वा पार्टीले जित्ने नभएर सिंङ्गो मुलुकलाई कुन दिशातर्फ लैजाने भन्ने निर्णायक क्षण भएकाले त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गर्न चाहन्छु’ लामाले भने, ‘त्यसको नेतृत्व बाम गठबन्धनले गरेको छ । यो निर्णायक क्षणमा उभिरहेको वेला साँच्चिकै काम गर्न लागेका युवाहरुलाई जागै बसेर समृद्ध राष्ट्र निर्माणको लागि एउटै अभियानमा लाग्न उनले अनुरोध समेत गरे ।’

उनले प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसलाई लक्षित गर्दै भने, ‘मुलुक र मुलुकबासीको निम्ति योगदान गर्ने नै भनेर लागेकाहरु कसैको बहकावमा र तत्कालिन फाईदाको लागि कसैले बाँडेको पैसाको पछि लाग्छ भन्ने सपना देख्नु दिवा सपना मात्रै हो ।’ उनले राष्ट्र निर्माणको नीति पूर्णरुपमा लागू गर्न आफू प्रतिबद्ध रहेको बताउँदै आफुसँग भएको जोस र जाँगरलाई सदुपयोग गर्न अवसर दिन समेत आम युवा बुद्धिजीविहरुसँग आग्रह गरेका छन् । उक्त अवसरमा उनले युवा बुद्धिजीविहरुसँग आग्रह गर्दै भने ‘युवा बुद्धिजीविहरुहरु, यो जिम्मेवारी तपाईहरुको जिम्मामा छ, त्यो काम गर्ने अवसर मलाई दिनुस् ।’ ‘तपाईहरुमाथि मेरो आशा र भरोसा छ, म तपाईहरुको भावनासँग सँगै भएर काम गर्नेछु ।’

प्रकाशित मिति : २०७४, ९ मंसिर शनिबार  ७ : ३५ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ