२०८३, १३ बैशाख सोमबार

काभ्रेमा पहिलो पटक भित्रियो धान र गहुँ काट्ने मेसिन

काभ्रेमा पहिलो पटक भित्रियो धान र गहुँ काट्ने मेसिन


काभ्रे/कृषिमा अग्रणी जिल्ला काभ्रेमा पहिलो पटक धान र गहुँ काट्ने (रिपर) मेसिन भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा धान र गहुँ काट्ने दुई थान मेसिन पहिलो पटक भित्र्याएको हो ।

केहिदिन अघि जिल्ला भित्रिएको रिपर मेसिन परीक्षणका लागि जिल्लाको भकुण्डेबेसी र महादेवस्थानमा पठाइएको बाली विकास अधिकृ थर्क जिसीले जानकारी दिए । “हाम्रो जिल्लामा धान र गहुँ काट्ने मेसिन पहिलो पटक भित्रिएको हो, उनले भने “परीक्षणका लागि भकुण्डेबेसी र महादेवस्थानमा पठाएका छौँ ।” कार्यालयले कृषि प्रसार कार्यक्रम अन्तर्गत खरिद गरेको मेसिन भकुण्डे कृषि सहकारी संस्था र मैटाकुण्टा जल उपभोक्ता समिति महादेवस्थानले प्रयोग गर्ने छन् । “परीक्षणका लागि यी मेसिन दुईमा पठाइएको छ, उनले भने “सफल भए आगामी वर्ष यसको माग अझ बढाउँछौँ ।”

धान र गहुँ दुबै काट्ने एक मेसिनको मूल्य १ लाख ६० हजारमा खरिद गरिएको हो । कृषि विकास कार्यालयले पहिलो पटक भित्र्याएकाले कृषि सहकारी समूहसँग २० हजार मात्रै लिएको र बाँकी अनुदानमा दिइएको जनाएको छ । यो मेसिनले बढीमा २० मिनेटको समयमा १ रोपनी क्षेत्रफल जमिनमा लगाइएको धान र गहुँ बाली काट्ने सक्ने सुचना अधिकारी समेत रहेको बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिए । जिल्लाको कुल १० हजार १ सय हेक्टर क्षेत्रफल जमिनमा बर्खे धानखेती हुने गरेको छ । त्यस्तै १ हजार २१० हेक्टर क्षेत्रफल जमिनमा चैते धान खेती हुदै आएको छ ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ५ : २९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले