२०८३, २४ भाद्र बिहीबार

टी-२० विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा

टी-२० विश्वकप छनोटका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा

खबरघर
0
Shares

१० कात्तिक, काठमाडौं । आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

वर्षभर भएका प्रतियोगितामा प्रदर्शनका आधारमा छनोट गरिएका ४४ जना खेलाडी मध्येबाट २२ खेलाडी छनोट गरिएको हो । गत मंगलबारदेखि ३ दिनसम्म टियू मैदानमा छनोट प्रतियोगिता भएको थियो ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टोलीले टिम छनोट गरेको हो ।

नेपाली टोलीका सदस्यहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितू भण्डारी, एलिश क्षेत्री, कविता कुँवर, बिजु बुढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अञ्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल र सवनम राई छन् ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट थाइल्याण्डमा हुनेछ ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ११ : २५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको