लखनउ, १३ असोज: भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बर्षाका सिर्जित घटनामा परी उनीहरुको मृत्यु भएको हो । उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जीएस प्रियदर्शीले २९४ ओटा घरहरु पनि क्षतिग्रस्त भएको जानकारी दिनुभयो…